back
CTIZAN AD

जनस्वास्थ्य विज्ञ डा. गेहेन्द्र महरा भन्छन्–डेंगुबाट यसरी बचौं

वि.सं.२०७९ भदौ १९ आइतवार

2.3K 

shares

काठमाडौं उपत्यका लगायत देशका अधिकांश भागमा डेंगी फैलिएको छ । डेंगु भाइरस नामक भाइरसको संक्रमणको कारणले डेंगु रोग लाग्छ । डेंगु भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । लामखुट्टेहरू सामान्यतया एडिस एजिप्टाई प्रजातिका हुन्छन्, र तिनीहरूको खुट्टामा सेतो पट्टीहरूद्वारा पहिचान गर्न सकिन्छ । तिनीहरूले मुख्यतया दिनको समयमा टोक्छन् ।

डेंगु रोगका चिन्ह र लक्षणहरु यस प्रकार छन् :

१. डेंगु हुँदा उच्च ज्वरो आउँछ (१०२ – १०५ डिग्री), बेसरी टाउको दुख्ने तथा आँखाका गेडी दुख्ने ।

२. हातखुट्टा कटकट खाने, मासु तथा जोर्नी दुख्ने ।

३. वाकवाकी तथा वान्ता हुनसक्छ, पेट दुख्ने साथै खान नरुच्ने, साथै कसैलाई पखाला पनि हुन् सक्छ ।

४. ग्रंथिहरु सुनिन्छ । शरीरमा राता दाग आउछ । साना चिलाउने बिमिरा आउन सक्छन् ।

५. नाक, मुख वा शरीरका अन्य भागबाट रगत आउन पनि सक्छ। (Blood in Urine, stools, or vomit)

६. थकाई लाग्ने, स्वाश लिन गाह्रो हुने ।

यस्ता लक्षण देखिए तत्काल डेंगी परिक्षण गराउन जानुपर्छ ।

कसरी सर्छ त डेंगी ?

१ .संक्रमित लामखुट्टेले टोकेमा मात्र डेंगी सर्छ ।

२. डेंगी गराउने एडीस जातको पोथी लामखुट्टे सफा ठाउँमा बस्दछ र त्यहिं फूल पार्दछ । पानी भएको बाल्टिन, जग, गमला, बाथरुम…. यस्तैमा । यो लामखुट्टेले दिनमा मात्र टोक्छ ।

३. त्यसैले दिउँसो पनि झुलको प्रयोग गर्नुपर्दछ । साथै ओडोमस लगाउने, लामबाहुले कपडा, लामा मोजा, जुत्ता लगाउनु पर्दछ ।

४. घर तथा कार्यालयमा लामखुट्टे धपाउने झोल वा पत्ताको प्रयोग गर्नुपर्दछ ।

५. डेंगी हुँदा कसैलाई अन्य संक्रमण पनि भएको हुनसक्छ । जस्तै कोभिड, टन्सिल सुन्निने मलेरिया, टाइफाइड आदि ।

कसरी उपचार गर्ने त ?

६. डेंगीको खासै उपचार छैन (किनकी यो भाइरसबाट संक्रमित हुने रोग हो । लक्षण अनुसार उपचार गर्नुपर्छ जस्तैः ज्वरो आउँदा पारासिटामोल खाने, खोकी भए एलर्जीको औषधि खाने, द्वितीय संक्रमण भए एन्टिबायोटिक थप्ने, एन्टिअक्सिडेन्ट भिटामिन खाने, झोलिलो र पोषिलो खानेकुरा खाने हो ।

७. फलफूल धेरै खाने जस्तैः मेवा, किवी, अनार, जुनार, चुकन्दर, स्याउले निकै फाइदा गर्छ । (मेवाको रस, तरकारीको रस, नरिवलको पानी, हर्बल चिया, निमको पातको रस लगायत ।

८. चिल्लो, तारेको खाना, धेरै चियाकफी, कोल्ड ड्रिंक्स, मसलेदार खाना, डार्क चकलेट, लसुन, अदुवा, प्याज, गोलभेंडा, मदिरा, धेरै गुलियो खाना आदिले प्लेट्लेट्स घटाउन सक्छन् । तसर्थ यी नखानु राम्रो ।

९. प्लेट्लेट्स बढाउनको लागि मेवाको पातको रस निकै उपयोगी हुन्छ ।

१०. ज्वरो वा दुखाइको लागि कहिल्यै पनि एस्पिरिन, आइबूप्रोफेन मिसिएका औषधि ( फ्लेक्सन, ब्रुसेट, निम्स आदि ) खानु हुँदैन । पारासिटामोल मात्र सेवन गर्न सकिन्छ ।

११. प्रोटिन र आइरन युक्त खाना (जस्तै मासु, अण्डा र कलेजो) जसले डेंगु ज्वरोबाट निको हुन मद्दत गर्दछ । यसले एनीमियालाई रोक्न र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । राम्रो पोषण भएको शरीर डेंगु संक्रमणसँग लड्न सक्छ । त्यसकारण, दिनमा कम्तीमा ३ लिटर (लगभग १२ कप) तरल पदार्थ बारम्बार पिउने, र आराम गर्नु महत्त्वपूर्ण हुन्छ।

१२. यस रोगबाट बच्नको लागि अहिलेसम्म एउटा मात्र खोप (Dengvaxia Sanofi Pasteur) ले लाइसेन्स पाएको छ जसको प्रभावकारीता कम छ भने अरु पाँच कम्पनीहरुले ट्रायल गरि रहेका छन्।

यो लामखुट्टेले दिनमा मात्र टोक्छ । त्यसैले अहिलेलाई रोग लाग्नबाट बच्नु र बचाउनु नै प्रमुख कुरा हो ।

वि.सं.२०७९ भदौ १९ आइतवार १५:४२ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...