back
CTIZAN AD

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि ओहिरो, अग्रिम बुकिङ गर्दै पर्यटक !

वि.सं.२०७९ भदौ १९ आइतवार

834 

shares

गण्डकी । कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्टे«लिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

पछिल्ला समयमा अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधारहरू बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटक सहज रुपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने जानकारी दिए । चार दशक अघिसम्म यस क्षेत्रको पदयात्रा गर्नका लागि यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सुविधा सम्पन्न होटेल बनेको र वर्षेनी पूर्वाधार थपिने क्रम बढीरहेको उनले जानकारी दिए । हाल सिनुवाभन्दा माथि नयाँ सात वटा होटेल थपिइसकेका छन् भने अन्य चारवटा बन्ने क्रममा छन् ।

अघिल्लो वर्षसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होेटल चलेकामा हाल ती स्थानमा होटलसहितका पूर्वाधार थपिएको पर्यटन व्यवसायी एवम् समाजसेवी ललित गुरुङले जानकारी दिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार विगतमा प्रत्येक होटलमा छ का दरले एक सय ५६ कोठा रहेका थिए ।

पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा होटलको क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले चार वर्ष अघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो । गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थप लगायत विषयमा अध्ययन गरेको थियो । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

कोरोना कहर अघिसम्म पर्यटकको राम्रो चाप हुने गरेको यस पदयात्रा मार्गमा आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा गरिएको छ । उक्त क्षेत्रका पर्यटन व्यवसायी पनि पदमार्गलाई थप व्यवस्थित गर्नेतर्फ सक्रिय बनेका छन् । स्थानीय सक्रियतामा पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई जोड दिँदै पदमार्ग क्षेत्रको दोभान र हिमालयको बीचमा पूजनीयम बराहको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको सचिव गुरुङले जानकारी दिए ।

अन्नपूर्ण पदमार्ग क्षेत्र र यहाँ आउने पदयात्रीलाई पुजनीम् बराहले रक्षा गर्ने विश्वासका साथ पदयात्रामा जाँदा र आउँदा फूल चढाएर हिड्ने प्राचीन परम्परा कायमै छ । कठिन भौगोलिक अवस्थितिमा समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा रहेको यहाँको मन्दिर निर्माणका लागि हालसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । सेप्टेम्बर १५ बाट सुरु हुने यामका लागि अग्रिम बुकिङ फाट्टफुट्ट आउन थालेको टे«ेकिङ एजेन्सिज एशोसिएसन(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशिलराज पौडेलले जानकारी दिए ।

आगामी दिनमा पर्यटनमा सकारात्मक आशा पलाए पनि बाटोघाटो तथा पर्यटकको बसाइ लम्ब्याउन सक्ने किसिमका पूर्वाधारको अझै कमी रहेको उनले बताए । विग्रे भत्केका सडक मार्गका साथै हवाइ उडान मार्ग सहज तथा सुलभ बन्न नसक्नु आदि अझै पनि चुनौतीका रुपमा रहेको उनको भनाइ छ ।

वि.सं.२०७९ भदौ १९ आइतवार १६:२० मा प्रकाशित

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...