back
CTIZAN AD

ईयूले युद्धग्रस्त युक्रेनलाई थप ५० करोड युरो सहयोग गर्ने

वि.सं.२०७९ भदौ २१ मंगलवार

807 

shares

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) ले युद्धग्रस्त युक्रेनसँग आवास, शिक्षा र कृषिमा सहयोग पु¥याउन थप ५० करोड युरो (४९ करोड ७० लाख अमेरिकी डलर) को योजनाबद्ध सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ ।

युरोपेली सङ्घको कार्यकारी निकाय युरोपेली आयोगले युक्रेनका प्रधानमन्त्री डेनिस श्मीगलसँग ब्रसेल्समा ईयू–युक्रेन एसोसिएसन काउन्सिलको बैठक आयोजना गरेपछि उक्त राहतको घोषणा गरेको हो ।

प्रवक्ता एरिक मामेरले भने, “ईयूको यो अनुदान कोषले आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू र फर्केकाहरूका लागि आवास र शिक्षा सुनिश्चित गर्न र युक्रेनको कृषि क्षेत्रलाई समर्थन गर्न मद्दत गर्नेछ ।

सहायताको नवीनतम् स्लाइसको अतिरिक्त – अप्रिलमा सुरु भएको ठूलो समर्थन कार्यक्रमको भाग – युक्रेनले उच्च–टेक प्रशिक्षण र उद्योगको विकास गर्न ईयू डिजिटल अर्थ व्यवस्था कोषमा पनि आवेदन दिन सक्षम हुनेछ ।

गत फेब्रुअरीमा रूसले आक्रमण गरेको युक्रेनलाई युरोपेली सङ्घमा सामेल हुन औपचारिक उम्मेदवारका रूपमा स्वीकार गरिएपछि एसोसिएसन काउन्सिलको सोमबारको बैठक पहिलो हुनेछ ।

ब्रसेल्स बैठकको अध्यक्षता युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेल र युरोपेली सङ्घ विस्तार समितिका आयुक्त ओलिभर भार्हेलीले गरिरहेका थिए ।

पूर्ण सदस्यता प्राप्त गर्न वर्षौं लाग्न सक्छ । ईयू र यसका अधिकांश सदस्य राष्ट्रहरूले रूसविरुद्ध हतियार, आर्थिक सहायता र प्रतिबन्धहरू प्रदान गरेर मस्कोसँग कीभको सङ्घर्षलाई समर्थन गरिरहेका छन् ।

“हाम्रो वर्तमान प्राथमिकताहरूमध्ये रूसविरुद्ध पूर्ण ऊर्जा प्रतिबन्धको सुरुआत हो,” शमिगलले आफ्नो टेलिग्राम सन्देशमा भने । उनलाई ईयू मुख्यालयमा भव्य स्वागत गरिएको थियो ।

“युक्रेनमा ग्यासको सबैभन्दा ठूलो भूमिगत भण्डार छ र यो युरोपको ग्यास बैंक बन्न सक्छ,” उनले भने । “उम्मेदवार देशको स्थिति प्राप्त गरेपछि, सरकार ईयू ऊर्जा बजारमा एकीकरणलाई गति दिन चाहन्छ ।”(रासस/सिन्ह्वा)

वि.सं.२०७९ भदौ २१ मंगलवार ०८:२९ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...