back
CTIZAN AD

अफगानिस्तानमा रहेको रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

वि.सं.२०७९ भदौ २१ मंगलवार

618 

shares

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएको छ ।

आक्रमणकारी आफैँले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन ।

मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने आठदेखि १० जना घाइते भएको बताइएको छ ।

रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कूटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामु बाहिर निस्केपछि विस्फोट भएको थियो । मस्कोको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताएका छन् ।

जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताएका छन् । उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै पहिचान सुरक्षाकर्मीले गरेको बताए ।

जादरानका अनुसार सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए । आक्रमणकारीले गोली चलाउनुअघि विस्फोट गराउन सफल भएको थियो वा गोलीले विष्फोटक पदार्थ विस्फोट गराइएको थियो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।

जादरानले घटनाको अनुसन्धान भइरहेको र प्रहरीले उक्त क्षेत्र बन्द गरेको बताए ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानको राजधानी काबुलस्थित रुसी दूतावासको कन्सुलर सेक्सनको प्रवेशद्वार नजिकै विस्फोट भएको र एक अज्ञात लडाकूले विस्फोटक पदार्थ विस्फोट गराएको जानकारी भएको छ ।”

उनले भने, “आक्रमणका कारण कूटनीतिक नियोगका दुई सदस्यको मृत्यु भएको छ र एक अफगानी नागरिक पनि मारिएका छन् ।”

तालिबानले सत्ता कब्जा गरेको एक वर्ष यता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन । गत वर्ष अमेरिका र नेटोका सेना फिर्ता हुने अन्तिम चरणमा पुगेका बेला पूर्व विद्रोहीले देश कब्जा गरेयता इस्लामिक स्टेट समूहको स्थानीय सहयोगी समूहले तालिबान र सर्वसाधारणविरुद्ध आक्रमणलाई तीव्र बनाएको छ । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ भदौ २१ मंगलवार ०८:२६ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...