काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार चढाव आइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला १००० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।
त्यसैगरी तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ भदौ २२ बुधवार १२:४८ मा प्रकाशित






























