back
CTIZAN AD

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै…

वि.सं.२०७९ भदौ २२ बुधवार

1.5K 

shares

म्याङुलुङ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छिन् । उनिको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष रु पाँच लाख आम्दानी लिने लक्ष्य उनले लिएकी छिन् ।

उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती राजेकी हुन् । त्यसमा पनि उनले राम्रो आम्दानी गर्न सकिने भएकाले आफ्नो बारीमा बन्दाकोबी लगाएकी छिन् । उनले यस वर्ष रु छ लाख आम्दानी गर्ने लक्ष्य लिएकी छिन् ।

“पहिले हामी परम्परागत खेती गर्थे, मकै पाक्न पनि झण्डै सात महिना लाथ्यो, एक कमाइ नै पर्खेर बस्नुपथ्र्यो”, उनले भनिन्, “तर तरकारी खेतीबाट एक वर्षमा तीनपटकसम्म कमाइ सजिलै गर्न सकिन्छ, यसपालि तरकारीको बजार पनि राम्रो भएकाले सोचजस्तो आम्दानी हुन्छ भन्नेमा ढुक्क छु ।”

अर्का किसान पृथ्वीबहादुर भट्टराई विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएकि छिन् । भट्टराईले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाख बढी आम्दानी लिँदै आएकि छिन् । उनका लागि आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ ।

“गाउँ तरकारी खेतीले बाह्रैमास हरियाली हुन्छ, कुनै–कुनै वर्ष तरकारीको भाउ नहुँदा मात्रै समस्या हुन्छ हामीलाई”, उनी भन्छन्, “बजारको समस्या छैन, अन्न बालीले हाम्रो श्रम र मेहेनत नै नउठ्ने भएपछि तरकारी खेती रोजेका छौँ, तरकारी खेतीले हाम्रो घरपरिवार चलाउन सहजमात्रै बनेको छ ।”

बस्नेत र भट्टराईजस्तै यहाँका किसानले तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् । यहाँका किसानले एक रोपनीदेखि २० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । समय–समयमा बन्दामा लाग्ने रोग किराको प्रकोपले किसानलाई सताउने गरेको छ । बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन् । यस क्षेत्रमा सधैँ मल बीउको भने समस्या हुँदै आएको किसान उमेश खड्काको भनाइ छ ।

सरकारले धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकालाई तरकारीको जोन क्षेत्र भन्ने गरेको छ । समयमै मल र बीउ नपाउँदा हैरानी व्यहोर्नुपरेको खड्काको दुःखेसो छ ।

यो क्षेत्रमा काउली, बन्दा, मुला, गाँजर, आलु, मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुँदै आएको छ ।

यस क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी भारतीय बजार सिलगुढी र कोलकतासम्म पुग्ने गरेको छ । तेह्रथुमको वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, सङ्खुवासभाको तामाफोक र धनकुटाको मूर्तिढुङ्गा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भिरगाउँ, तेलियालगायतका सडक दायाँबायाँ गाउँका किसानले उत्पादन गरेको बन्दा बारीबाट काटेको दिन नै भारतीय बजारमा पुग्ने गरेको सिंधुवा बजारस्थित कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।

तेह्रथुमसहित धनकुटा र सङ«खुवासभाका ३० हजार बढी किसान व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । गुरुङका अनुसार बन्दाको खेतीमा लागेका किसानको सङ्ख्या पनि १५ हजार नाघेको छ । परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानको आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ । गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती पनि फस्टाएको छ भने किसानलाई बजारसम्म पुर्याउन पनि सहज भएको छ ।

 

वि.सं.२०७९ भदौ २२ बुधवार १२:५९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...