back
CTIZAN AD

बैंकर्स संघद्धारा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम संचालन

वि.सं.२०७९ भदौ २२ बुधवार

1.1K 

shares

काठमाडौं । नेपाल बैंकर्स संघले सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । बैंकर्स संघ कर्णाली प्रदेश समितिले भाद्र २१ गते जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलको अध्यक्षता रहेको सो कार्यक्रममा अतिथिको रुपमा गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको बैंकर्स संघले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकर्स संघ कर्णाली प्रदेश समितिका संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेको संघले जनाएको छ । संघका अनुसार कार्यक्रमपश्चात् सहभागीहरुले कार्यक्रम प्रभावकारी तथा जानकारी मुलक भएको र भविष्यमासमेत पुनः यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न सुझाव पेश गरेका थिए ।

वि.सं.२०७९ भदौ २२ बुधवार १३:३० मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...