back
CTIZAN AD

जबरजस्ती करणी पुष्टि भए क्रिकेटर लामिछानेलाई हुनसक्छ १२ वर्षसम्मको जेल सजायँ

वि.सं.२०७९ भदौ २२ बुधवार

660 

shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्व जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको थियो । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

पीडित भनिएकी किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका हुन् । जाहेरीमा गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर र त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाएको छ ।

जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले पीडित भनिएकी युवतीको मंगलबार नै स्वास्थ्य परीक्षण गरेको थियो । साथै, बलात्कार भएको भनिएको विभिन्न स्थानको सीसी टीभी फुटेज पनि प्रहरीले संकलन गर्न थालेको छ ।

पीडित भनिएकी युवतीले स्न्याप च्याटमार्फत लामिछानेसँग कुराकानी भएको र उनले भेट्न बोलाएर बलात्कार गरेको जाहेरी दिएकी छिन् ।

हाल लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । उनी केन्यासँगको ट्वान्टी–२० अन्तराष्ट्रिय श्रृंखलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ गएका हुन् ।

आरोेप प्रमाणित १२ वर्षसम्मको जेल

क्रिकेटर लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० देखि १२ वर्षसम्म कैद सजायँ हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

साथै, बालिका १८ वर्षभन्दा कम उमेरकी भएको कारणले उनीविरुद्धको अभियोगमा मुलुकी अपराध संहिता २०७४ को दफा २५५ पनि आकर्षित हुन्छ । उनीविरुद्ध बालयौन दुरुपयोग गरेको अभियोग पनि लाग्छ । त्यस्तो अभियोग प्रमाणित भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । मंगलबार मात्रै सोही अभियोगमा अभिनेता पल शाललाई अदालतले साढे २ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा बलात्कारको उजुरी

वि.सं.२०७९ भदौ २२ बुधवार १३:४३ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...