काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले गरेको उक्त प्रस्तावलाई बीमा समितिले समेत पारित गरिसकेको बताइएको छ ।
कम्पनीका अनुसार कम्पनीले चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ।
वि.सं.२०७९ भदौ २२ बुधवार १४:०० मा प्रकाशित






























