back
CTIZAN AD

उत्तरी आयरल्याण्ड विवाद ‘वार्ताद्वारा समाधान’ हुने प्रधानमन्त्री ट्रसको विश्वास

वि.सं.२०७९ भदौ २३ बिहीवार

771 

shares

लण्डन । बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले युरोपेली सङ्घ (इयू) सँगको वार्ताले उत्तरी आयरल्याण्डमा ब्रेक्जिटपछिको व्यापारको विवाद सुल्झाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

“मेरो प्राथमिकता वार्ताबाट समाधान निकाल्नु हो,” मङ्गलबार औपचारिक रूपमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्रीका रूपमा पहिलो पटक उपस्थित भएकी उनले संसद्मा सांसदहरूसँग भनिन् ।

“तर यसले उत्तरी आयरल्याण्डको कानूनमा हामीले तय गरेका सबै कुराहरू पूरा गर्नुपर्दछ,” उनले थपिन् ।

उक्त विधेयकमा बेलायतको बहिर्गमनको एक भागको रूपमा ब्रसेल्ससँग लण्डनले गरेको सम्झौताका केही अंशहरू खारेज गर्ने प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने र प्रतिशोधात्मक व्यापार प्रतिबन्ध लगाउन सक्ने इयूको चेतावनीका बावजुद उसले अहिले संसद्मार्फत आफ्नो बाटो बन्द गरिरहेको छ ।

बेलायत सरकारले बेलायत, स्कटल्याण्ड र वेल्सबाट उत्तरी आयरल्याण्डतर्फ जाने सामानमा आन्तरिक सीमा जाँचको विरोध गर्दै आएको छ ।

ईयूले छिमेकी सदस्य राष्ट्र रिपब्लिक अफ आयरल्याण्डमार्फत् युरोपेली एकल बजारमा सामान आउन नदिन जाँच आवश्यक रहेको बताएको छ ।

सन् १९९८ मा उत्तरी आयरल्यान्ड र गणतन्त्रबीचको कडा सीमा संरचना हटाउने एउटा शर्त थियो, जसले बेलायती शासनलाई लिएर ३० वर्षको हिंसा अन्त्य गरेको थियो ।

तर बेलायत समर्थक युनियनवादी पार्टीहरूले भने यो जाँचले उत्तरी आयरल्याण्डलाई बेलायतका अन्य भागहरूबाट अलग गरेको र यसले संयुक्त आयरल्याण्डको खतरा बढाएको बताएका छन् ।

वासिङ्टनस्थित अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले चिन्ता व्यक्त गरेको पृष्ठभूमिमा ट्रसले आफ्नो पहिलो प्राथमिकता शान्ति सम्झौताको ‘सर्वोच्चताको रक्षा’ रहेको बताएकी छन् ।

उनले बेलफास्टमा सत्ता साझेदारी सरकारबाट युनियनवादी पार्टीहरू पछि हट्न बाध्य भएको मुद्दालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “म उत्तरी आयरल्याण्डका सबै पक्षहरूसँग कार्यकारी र विधानसभालाई ब्याकअप र सञ्चालन गर्न काम गर्न चाहन्छु,” ट्रसले थपिन् ।

“तर त्यसो गर्नका लागि, हामीले उत्तरी आयरल्याण्ड प्रोटोकलका मुद्दाहरू समाधान गर्न आवश्यक छ, जसले उत्तरी आयरल्याण्डका समुदायहरू बीचको सन्तुलनलाई बिगारेको छ । “म त्यो गर्न को लागि प्रतिबद्ध छु र म त्यो समाधान खोज्न सबै पक्षहरु सँग काम गर्नको लागि प्रतिबद्ध छु । (रासस÷एएफपी)

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:४४ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...