back
CTIZAN AD

नेपाली चलचित्रलाई हलवालाको अपमान, निर्देशक समाजले जनायो आपत्ति

वि.सं.२०७९ भदौ २३ बिहीवार

774 

shares

काठमाडाैं । नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । शुक्रबारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको भन्दै निर्देशक समाजले आपत्ति जनाएको हो ।

‘समयमै आफ्नो सामानको बिक्री मूल्य तय गरी अग्रिम रूपमा सामान बेच्न पाउने अधिकार ससारभरी नै प्रचलनमा छ । सोहीअनुरुप नेपालमा पनि चलचित्र निर्माताहरुले केही वर्षदेखियता सिनेमा घरहमार्फत दुई÷तीन दिन अगाडिदेखि नै आफ्नो प्रचार प्रसार गरी चलचित्रको टिकट बुकिङ खुल्ला गर्ने र बिक्री गर्ने गरिएको सर्ब विदितै छ,’ समाजले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा हाल सालै नेपालका सिनेमा घरहरुले हिन्दी फिल्मको सेन्सर भएको छैन भनी विभिन्न कारण देखाई समयमै सेन्सर भइसकेका आउने शुक्रबारदेखि प्रदर्शन हुने नेपाली चलचित्रहरुको टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गर्नु खेदजनक छ । सधैभरि नेपाली चलचित्र माथी बिदेशी फिल्महरुले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौ । सिनेमाघरहरुको छाता संगठन नेपाल चलचित्र संघलाई पनि यस्तो किसिम कार्यहरू अबिलम्ब रोकी चलचित्रकर्मीहरुको एक आपसको एकता, विश्वास, आत्मीयता र नेपाली चलचित्रको श्रीबृद्धिको लागि हातेमालो गर्न अपिल गर्दछौ ।’

निर्देशक समाजले चलचित्र बिकास बोर्डलाई नेपाली चलचित्र क्षेत्रलाई नै हतोत्साहित पार्ने गैरजिम्मेवारीपूर्ण कार्यहरुलाई बन्देज लगाउन आग्रह गरेको छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १५:४५ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...