back
CTIZAN AD

गाईभैंसी पाल्ने कृषकको संख्या बढेसँगै पर्वतमा दूध उत्पादन बढ्यो

वि.सं.२०७९ भदौ २३ बिहीवार

849 

shares

लक्ष्मीप्रसाद सपाकोटा, पर्वत । व्यावसायिकरूपमा गाई भैसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसानको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको हो ।

ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ । त्यसका कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध बाहिरका जिल्लामा निर्यात हुँदै आएको छ ।

“बागलुङको केही हामीकहाँ पनि आउने गरेको छ”, केन्द्रप्रमुख रामजीप्रसाद पौडेलले भने, “हामीकहाँ आउने र जाने हिसाब गर्दा दैनिक १५ देखि १७ सय लिटर दूध जिल्लाबाट बाहिरिन्छ ।” उनका अनुसार पश्चिम बागलुङको केही दूध कुश्मामा बिक्री हुँदै आएको छ ।

हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा रु।७० देखि रु ८० तथा खुद्रा रु ९० देखि रुएक सय २० मा बिक्री हुँदै आएको छ । दूधालु गाईभैंसीले एकै बेतमा करिब रु एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।

कुश्मा–९ का शिव ढकालले गाईको दूधबाटै मासिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । वैदेशिक रोजगारीमै जाने तयारी गरेका ढकालले कोरोनाका कारण भएको लकडाउनले जान नपाएपछि व्यवसाय बढाएको सुनाए । “व्यवसाय पाँच वर्षअघि नै दर्ता गरेको हुँ”, उनले भने, “परिवारलाई जिम्मा लगाएर युरोपतिर जाने सोचेको थिएँ, कोरोनाले रोक्यो, त्यसपछि गाई थपें, अब कतै नजाने विचार गरेको छु ।” करिब ४० रोपनीमा उन्नत घाँस लगाएको उहाँले १८ माउगाई पालेका छन् ।

विज्ञ केन्द्रका अनुसार गुणस्तरीय दूधको माग पर्वतलगायत छिमेकी जिल्लामा बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार कुश्मासहित जिल्लाका मुख्य बजारमा दूधको माग दैनिक ४५ सयदेखि पाँच हजार लिटरसम्म छ । त्यसबाहेक पनि दैनिक १७ सय लिटर जिल्लाबाहिर बिक्री हुनुले जिल्लाको अर्थतन्त्रमा पशुपालनले अधिक योगदान गरेको केन्द्र प्रमुख पौडेलको दाबी छ । त्यसबाहेक पशुपालक किसानका समस्या नभएका भने होइनन् ।

पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

फलेवासका पशुपालक किसान रमेश शर्माले गुनासो गर्दै भने “अहिले बजारमा दानाको मूल्य अत्यधिक बढेको छ, गाउँमा दानाको कच्चा पदार्थ उत्पादन गर्न बाँदरले दिँदैन, हामी व्यावसायिक किसानका लागि उत्पादनमा आधारित अनुदानमूलक कार्यक्रम ल्याउनुप¥यो ।” जिल्लामै दाना उद्योग स्थापना भए व्यावसायिक पशुपालनमा सहज हुने किसानको भनाइ छ । जिल्लाका केही स्थानीय तहले पशुपालक किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम ल्याएका छन ।

कुश्मा–९ का शिव ढकाल छ वर्ष साउदीमा रोजगारी गरेर फर्किएपछि पशुपालनमा लाग्नुभयो । पााच वर्षअघि चार गाईबाट सुरु गरेको व्यवसाय अहिले डेढ दर्जनभन्दा बढी माउगाईमा विस्तार भएको छ । ढकालले दैनिक दुई सय लिटर दूध बजार पठाउन थालेका छन् । फलेबासकी उपप्रमुख शोभा क्षत्रीले आफ्नै फार्मबाट दैनिक अढाई सय लिटर दूध पोखरा पठाउँदै आएकी छन् ।

पैयुँ–५ का हिमलाल भुसालले तीन वर्षअघि सुरु गरेको नमुना पशुपालन फार्ममा हाल एक दर्जन उन्नत जातका भैंसी छन् । कुश्मा–९ की यमुना पौडेलले २०७२ मा व्यावसायिक गाई फार्म दर्ता गरे । तीन गाईबाट सुरु भएको उहाँको नमुना गाईपालन फार्ममा अहिले डेढ दर्जन गाई छन् ।

बीएससी उत्तीर्ण मोदी गाउँपालिका–२ देउपुरका बेदप्रसाद तिमिल्सिनाले २५ वटा गाई पालेका छन् । उनले दैनिक एक सय २५ लिटर दूध बजार पु¥याउँदै आएका छन् । कुश्मा–९ का ढकालसहित केही अगुवा किसानको नेतृत्वमा करिब छ सय लिटर दूध कुश्मासहित पोखरा पठाउने गरिएको छ । फलेवासकी उपप्रमुख क्षत्रीको अगुवाइमा खुलेको सहकारीले दैनिक एक हजार दुई सय लिटरसम्म दूध पोखरा पठाउँदै आएको छ । मोदी गाउँपालिकाका किसानले सञ्चालन गरेको मोदीखोला बहुउद्देश्यीय सहकारी संस्थाले अहिले दैनिक पाँच सय लिटर हाराहारी दूध कास्की पठाउन थालेको छ । रासस

 

वि.सं.२०७९ भदौ २३ बिहीवार १५:३१ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...