Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडाैं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडाैं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न उनको नाममा आज काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाडाैं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई बलात्कार गरेको भन्ने उजुरी प्रहरी वृत्त गौशालामा दिएकी थिइन् ।

ती बालिकाको जाहेरीको आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम