back
CTIZAN AD

आईफोन १४ सार्वजनिक, कस्ता छन् सुविधा ?

वि.सं.२०७९ भदौ २३ बिहीवार

909 

shares

काठमाडौं । एप्पलको आइफोन १४ बुधबार सार्वजनिक भएको छ । क्यालिफोर्नियामा क्युपर्टिनोमा आईफोन १४ सिरिज सार्वजनिक गरिएको हो । एप्पलले यस पटक आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र १४ प्रो म्याक्स सार्वजनिक गरेको हो । यसैगरी, कम्पनीले सीरीज ८ को घडी पनि सार्वजनिक गरेको छ ।

आईफोन १४ र आईफोन १४ प्लसमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी स्टोरेज छ । ६.१ इंच र १७२ ग्रामको आईफोन १४ को मूल्य ७९९ डलरभन्दा माथि पर्दछ । आईफोन १४ का फिचरहरुमा सुपर रेटिना एक्सटिआर डिस्प्ले, १२ एमपीसहितको ब्याक र फ्रण्ट कयामरा, सीपीयु ए १५ बायोनिक चिप, रेजोल्युशन २५३२/११०, आईओएस १६ रहेका छन् । आईफोन १४ मिडनाइट, पर्पल स्टारलाईट, प्रोडक्ट रेड र निलाे रंगमा उपलब्ध छ । यसमा डुयल सिम जसमा न्यानो र ई सिम लगाउन सकिन्छ । आईफोन १४ बाट ४ के सहितको भिडियो रेकर्ड गर्न सकिन्छ ।

आपत्‌कालीन सहयोग सुविधा

आइफोन १४ मा भूउपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान भएकाे जनाइएकाे छ । नयाँ हेडसेटहरूमार्फत भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिने उल्लेख छ ।

फोनले आकाशमाथि रहेको भूउपग्रहको अवस्था देखाउँछ र कसरी ठिक ढङ्गले तीसँग सम्पर्क स्थापित गर्ने भन्ने पनि निर्धारण गर्छ। एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्न सक्ने जनाइएकाे छ ।

सीसीएस इनसाइटका प्रमुख विश्लेषक बेन वूडले भूउपग्रहसँग जोड्ने उपलब्धिलाई कम आकलन गर्न नहुने बताए। एक जना प्रविधि विश्लेषक पाओलो पेसकाटोरीइले दुर्गममा रहेका उपभोक्ताहरूका लागि पछिल्लो अन्वेषण सहज हुने बताए।

आकार बदल्ने क्षमता

डाइनामिक आइल्याण्ड भनिने एउटा फिचरले कस्तो नोटिफिकेशन आउँछ त्यस अनुसार आफ्नो आकार बदल्न सक्ने भनिएको छ। अर्को ठूलो परिवर्तन भनेको ह्यान्ड सेट धेरै खुल्ला नै रहन्छ।

फोनको सेट गाढा बैजनी, कालो, सिल्भर र सुनौला रङ्गहरूमा निकालिएको छ। फोन सञ्चालन नभएको समयमा स्क्रिन मधुरो हुन्छ र एप्लिकेशनहरू रिफ्रेस हुने दर घट्छ। एजेन्सीबाट

वि.सं.२०७९ भदौ २३ बिहीवार १७:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...