back
CTIZAN AD

भिभोको दसैँतिहार योजना, स्मार्टफोन भी २५ सिरिज सार्वजनिक

वि.सं.२०७९ भदौ २५ शनिवार

699 

shares

काठमाडौं । भिभोले भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी२५ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।

भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको ४ दिनमा ६०० भन्दा बढी भी२५ सिरिजको प्रि–बुकिङ भएको छ ।

भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ । जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढी आकर्षक बनाउँछ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोमा हामी युवा प्रयोगकताहरुका लागि नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्व झल्काउने स्मार्टफोन प्रदान गर्दछौँ । भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजक भी२५ सिरिजमा यी सबै विशेषताहरु छन् । जसले प्रयोगकर्ताहरुको व्यक्तित्व अझ झल्काउनेछ । यसका साथै हामीले ग्राहकहरुका लागि दसैँतिहार योजना पनि ल्याएका छौँ । जसमा ग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमा आकर्षक उपहार जित्न सक्नेछन् ।’

भिभोले भदौ २३ गतेदेखि ‘दसैँतिहार भिभोको साथमा उपहार हातमा’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा, २ जनाले भी२५ फाइभजी जित्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जनाले वाई१५सी जित्न सक्नेछन् र हरेक दिन एकजनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, हरेक दिन ३ जनाले एनकरको यू२आई नेकब्यान्ड र ४ जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा ६ महिनाको वारेन्टी पाउन सक्नेछन् ।

यो योजना कात्तिक १४ गतेसम्म लागू हुनेछ । त्यसैले मौकाको फाइदा उठाउनुहोस् र आजै भिभो मोबाइल खरिद गर्नुहोस् । त्यस्तै हालै सार्वजनिक भएको भी२५ श्रृंखलामा उत्कृष्ट क्यामेरा क्षमता छ । भी २५ फाइभजी र भी२५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ । जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ । रियर क्यामेरामा हाइब्रिड इमेज स्टेबिलाइजेशन छ । जसले क्लियर भिडियो रेकर्ड गर्न अनुमति दिन्छ । साथै भी२५ सिरिजमा बोकेह फ्ल्येर पोट्र्रेट लगायत अन्य क्यामेरा विशेषताहरु छन् ।

भी२५ फाइभजीमा ५०एमपी अटो फोकस पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ ।
यसका साथै भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छ । जसले प्रयोगकर्तालाई फोटोग्राफी अनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ ।

जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन् । भी२५ फाइभजी –अक्वामेरिन ब्लू र डायमन्ड ब्ल्याकमा ५२ हजार ९९९ उपलब्ध छ र भिभो भी२५ई –सनराइज गोल्ड र डायमन्ड ब्ल्याकमा ४२ हजार ९९९ मा उपलब्ध छ ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०९:१८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...