काठमाडौं । आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ भदौ २७ सोमवार ०८:५९ मा प्रकाशित




























