काठमाडौं । पछिल्लो समय नेपालका सबै जिल्लामा डेंगुको संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले लामो बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ ।
डेंगुबाट बच्नका लागि विशेष गरेर लामखुट्टेको टोकाईबाट बच्न आग्रह गर्दै संक्रमणको जोखिम कम गर्नका लागि कार्यस्थल वरपर निरन्तर सफा राख्न तथा कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सकारी कर्मचारी एवं सार्वजनिक, सामुदायिक र नीजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीमा अनुरोध गरिएको छ ।
डेंगुको संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तिब्र बनाइएको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७९ भदौ २७ सोमवार १४:२१ मा प्रकाशित






























