काठमाडौं । असोज ६ देखि ९ गतेसम्म संचालन हुने नाडा इभी एक्स्पोमा खल्तीबाट पनि अनलाइन टिकट काट्न सकिने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको हो ।
असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
चार दिनसम्म चल्ने एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
वि.सं.२०७९ भदौ २७ सोमवार १४:२५ मा प्रकाशित






























