back
CTIZAN AD

एनआईसी एशिया बैंकको ग्राहक पहिचानका लागि भिडियो केवाइसी सेवा संचालन

वि.सं.२०७९ भदौ २७ सोमवार

684 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले अनलाईन खाता खोल्ने स्वदेश र विदेशमा रहेका ग्राहकका लागि भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कल मार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिइएको छ ।

बैंकका अनुसार यदि भि–केवाइसी मार्फत आफ्नो केवाइसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कल मार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । बैंकिङ्ग समयमा भि केवाइसी को भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ ।

May be an image of 1 person and text

ग्राहकहरुले भि-केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार भिडियो केवाइसी मार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०७९ भदौ २७ सोमवार १३:३४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...