काठमाडौं । हिमालयन बैंकलाई एशियाली विकास बैंक (ए.डि.बि.)ले टीएससीएफपी अवार्ड २०२२-लिडिङ बैंक इन नेपाल प्रदान गरेको छ ।
ए.डि.बि.ले हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप सो अवार्ड प्रदान गरेको हो ।
बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीश राज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६, २०२२, सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा साे अवार्ड ग्रहण गरेको बैंकले जनाएको छ ।
वि.सं.२०७९ भदौ २७ सोमवार १३:०२ मा प्रकाशित






























