back
CTIZAN AD

सहमतिमा यौन : पुरुष मात्रै किन पुग्छ कठघरामा ?

वि.सं.२०७९ भदौ २७ सोमवार

2.3K 

shares

सिग्मन्ड फ्रायडको चेतना सिद्धान्त र मनोवैज्ञानिक मास्लोको ‘आवश्यकता पिरामिड’ एक पटक बुझौँ, पढाैं, अध्ययन गरौँ । यौन एउटा जैविक आवश्यकता हो । केटाले मात्र आवश्यकता ठान्ने र केटीले आवश्यक नठान्ने भन्ने हुँदैन । व्यक्त गर्ने/नगर्ने, हतारमा व्यवहार देखाउने/नदेखाउनेमा मात्र फरक हुन्छ । यौन क्रियाकलाप केटीको इज्जत लुट्ने र केटालाई धराप थाप्ने माध्यम नबनोस् । सवाल यो मात्र हो ।

पल शाह वा सन्दीप लामिछानेको यौन प्रकरणले समाजको मनोवृत्ति र विद्यमान कानुनलाई छरपष्ट बनाएको छ । विद्यमान कानुनबारे बहस सिर्जना गरेको छ । यौन के हो ? यौन किन ? के ठिक, के बेठीक ? भन्ने बारेमा समाज विभाजित बनेको छ । नारीवादीहरु दोष जति पुरुषलाई दिँदैछन् । पितृसत्तात्मक सोच भएका पुरुषले दोष जति नारीलाई दिँदछन् । यौनका सवालमा पुरुषहरु मात्र दोषी देख्ने कानुन चाहीँ पक्कै गलत छ ।

पुर्वीय दर्शन खासगरी हिन्दु दर्शनमा कृष्ण लिलाको कुरा छ । गोपिनीहरुको कुरा छ । राधा र कृष्णको प्रेम सम्बन्धलाई गौरवका साथ चर्चा गरिएको छ । द्रौपतिहरुको गाथा छ; मन्दिर र टुडालहरुमा छरपस्ट यौनका विषय झल्काइएको छ । व्यवहारमा भने तिनै यौनका विषयलाई गुपचुप बनाउने प्रयत्न हुँदै छ । एकातिर समाजमा पश्चिमी खुलापन तथा यौन स्वतन्त्रताको प्रभाव बढिरहेको छ भने अर्कोतिर पुरातन पूर्वीय समाजको प्रभाव यथावत छ ।

यौनलाई गुपचुपको विषय बनाउँदासम्म कयौं सन्दीप र पलहरु पीडामा पर्नेछन् । कयौं नारीहरुको सतित्व बिक्री भइरहने छ । ‘हनि ट्रयाप’ वा जालझेल चलिरहनेछ । समयले कानुनका छिद्रलाई पुनर्विचार गर्न दवाब दिएको छ ।

यौनलाई गुपचुपको विषय बनाउँदासम्म कयौं सन्दीप र पलहरु पीडामा पर्नेछन् । कयौं नारीहरुको सतित्व बिक्री भइरहने छ । ‘हनि ट्रयाप’ वा जालझेल चलिरहनेछ । समयले कानुनका छिद्रलाई पुनर्विचार गर्न दवाब दिएको छ ।

यौन जैविक तथा शारीरिक आवश्यकता हो । उमेर र हर्मोन उत्पादनले यसलाई माग गर्दछ । मनोवैज्ञानिक मास्लोले भने जस्तै यो गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हो । जवानीमा उच्च हर्मोनका कारण यौन व्यवहारहरु अलि आक्रामक हुन्छन् । न यो केटाको दोष हो न त केटीको दोष हो । दोष हर्मोनको हो, जवानीको हो ।

हरेक साहित्य, कला, फिल्म, गीत तथा उपन्यासमा यौनका विषय लुकेका हुन्छन्, लुकाएका हुन्छन् । अन्तर कुन्तरमा मानिस त्यसलाई खोजिरहेको हुन्छ । हाम्रो सिकाई त्यहीँबाट सुरु हुन्छ । जबसम्म शारीरिक आवश्यकता (यौन)लाई गुपचुपको विषय बनाइन्छ, लेनदेनको विषय बनाइन्छ वा पुरुषसत्व/मर्द मापनको विषय बनाइन्छ तबसम्म समस्या बल्झिरहन्छ र रहिरहन्छ । यौन एउटा चरम सुख भोगको अवस्था हो; मनोरञ्जनको माध्यम हो । स्वस्थ यौनमा एउटा पक्ष पीडित र अर्को पक्ष रोमान्चित हुन सक्दैन । यो दोहोरो हुन्छ ।

यौनलाई लेनदेनको हतियार बनाउँदा स्वार्थ पूर्तिको माध्यम बनाउँदा वा नारीको चरित्र हत्या गर्ने वा केटाहरुलाई खुईल्याउने जे जस्ता गतिविधि र अभ्यास हुँदै छन् ति सबै गलत छन् । समाजको कानुनले त्यसलाई न्यूनीकरण गरेको देखिँदैन; बरु बढ्वा दिएको छ । “ललाई फकाईको कुरा छ” हनि ट्रयाप कुरा छ, सबैमा नियत जोडिएको हुन्छ । खराब नियत दण्डनीय हुनुपर्छ । तर सहमतिमा भएको क्रियाकलाप दण्डनीय हुन सक्दैन, हुनुहुँदैन । महिनौसँगै घुम्ने, एउटै बेड प्रयोग गर्ने अनि स्वार्थ नमिल्दा चाहिँ केटालाई बलात्कारी प्रमाणित गर्ने प्रयास भने साच्चिकै गलत छ ।

अपवाद बाहेक महिलाको स्वीकृत बिना यौन सम्बन्ध हुन पनि सक्दैन । राजी खुसीमा यौन सम्पर्क राख्ने अनि कानुनका छिद्र खोज्दै लेनदेनको विषय बनाउँदा पुरुषहरुलाई अन्याय पो हुने हो कि ? राजीखुसीमा भएका सबै यौन व्यवहारहरुलाई कानुनी कठ्घरामा ल्याउनु गलत हुनेछ । यो नै बिडम्बना हो ।

यौनका बारेमा व्यापक बहस चलाउन ढिला भैसकेको छ । बल प्रयोग भएको बाहेक सबै यौन व्यवहारहरु ‘जबर्जस्ति’मा परिणत हुन सक्दैनन् । अपवाद बाहेक महिलाको स्वीकृत बिना यौन सम्बन्ध हुन पनि सक्दैन । राजी खुसीमा यौन सम्पर्क राख्ने अनि कानुनका छिद्र खोज्दै लेनदेनको विषय बनाउँदा पुरुषहरुलाई अन्याय पो हुने हो कि ? राजीखुसीमा भएका सबै यौन व्यवहारहरुलाई कानुनी कठघरामा ल्याउनु गलत हुनेछ । यो नै बिडम्बना हो ।

अब, यौनलाई स्वतन्त्रताको विषय बनाउनु पर्छ । विद्यमान कानुनमा सुधार गर्नुपर्छ । अन्यथा, सबै केटाहरु बलात्कारी हुनेछन् । लेनदेनको कुरा नमिल्ने बित्तिकै त्यो जबर्जस्तीमा परिणत हुनेछन् । सबै केटाहरु खराब हुँदैनन्, सबै केटाहरु बलात्कारी हुँदैनन् । सबै केटीहरु पीडित हुँदैनन् र सबै केटीहरु अन्यायमा परेका हुँदैनन् । त्यसैले यौन क्रियाकलापलाई बदला लिने हतियार नबनाईयोस् ! एउटा स्वतन्त्रताको विषय बनाईयोस् !

लेखकका अन्य लेखहरू

रूपान्तरणको अवसर ‘मंसिर ४’

ग्रामीण विकास वा ग्रामीण सहरीकरण ?

राजनीतिक नेतृत्व र समृद्धिको आशा

बल्खुले किन ढिलो गर्छ नतिजा प्रकाशन गर्न ?

त्रिविकै नक्कल गर्न अरु विश्वविद्यालय किन ?

आधुनिक प्रशासन कस्तो हुनुपर्छ ?

वि.सं.२०७९ भदौ २७ सोमवार १२:४१ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...