Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

सहमतिमा यौन : पुरुष मात्रै किन पुग्छ कठघरामा ?



सिग्मन्ड फ्रायडको चेतना सिद्धान्त र मनोवैज्ञानिक मास्लोको ‘आवश्यकता पिरामिड’ एक पटक बुझौँ, पढाैं, अध्ययन गरौँ । यौन एउटा जैविक आवश्यकता हो । केटाले मात्र आवश्यकता ठान्ने र केटीले आवश्यक नठान्ने भन्ने हुँदैन । व्यक्त गर्ने/नगर्ने, हतारमा व्यवहार देखाउने/नदेखाउनेमा मात्र फरक हुन्छ । यौन क्रियाकलाप केटीको इज्जत लुट्ने र केटालाई धराप थाप्ने माध्यम नबनोस् । सवाल यो मात्र हो ।

पल शाह वा सन्दीप लामिछानेको यौन प्रकरणले समाजको मनोवृत्ति र विद्यमान कानुनलाई छरपष्ट बनाएको छ । विद्यमान कानुनबारे बहस सिर्जना गरेको छ । यौन के हो ? यौन किन ? के ठिक, के बेठीक ? भन्ने बारेमा समाज विभाजित बनेको छ । नारीवादीहरु दोष जति पुरुषलाई दिँदैछन् । पितृसत्तात्मक सोच भएका पुरुषले दोष जति नारीलाई दिँदछन् । यौनका सवालमा पुरुषहरु मात्र दोषी देख्ने कानुन चाहीँ पक्कै गलत छ ।

पुर्वीय दर्शन खासगरी हिन्दु दर्शनमा कृष्ण लिलाको कुरा छ । गोपिनीहरुको कुरा छ । राधा र कृष्णको प्रेम सम्बन्धलाई गौरवका साथ चर्चा गरिएको छ । द्रौपतिहरुको गाथा छ; मन्दिर र टुडालहरुमा छरपस्ट यौनका विषय झल्काइएको छ । व्यवहारमा भने तिनै यौनका विषयलाई गुपचुप बनाउने प्रयत्न हुँदै छ । एकातिर समाजमा पश्चिमी खुलापन तथा यौन स्वतन्त्रताको प्रभाव बढिरहेको छ भने अर्कोतिर पुरातन पूर्वीय समाजको प्रभाव यथावत छ ।

यौनलाई गुपचुपको विषय बनाउँदासम्म कयौं सन्दीप र पलहरु पीडामा पर्नेछन् । कयौं नारीहरुको सतित्व बिक्री भइरहने छ । ‘हनि ट्रयाप’ वा जालझेल चलिरहनेछ । समयले कानुनका छिद्रलाई पुनर्विचार गर्न दवाब दिएको छ ।

यौनलाई गुपचुपको विषय बनाउँदासम्म कयौं सन्दीप र पलहरु पीडामा पर्नेछन् । कयौं नारीहरुको सतित्व बिक्री भइरहने छ । ‘हनि ट्रयाप’ वा जालझेल चलिरहनेछ । समयले कानुनका छिद्रलाई पुनर्विचार गर्न दवाब दिएको छ ।

यौन जैविक तथा शारीरिक आवश्यकता हो । उमेर र हर्मोन उत्पादनले यसलाई माग गर्दछ । मनोवैज्ञानिक मास्लोले भने जस्तै यो गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हो । जवानीमा उच्च हर्मोनका कारण यौन व्यवहारहरु अलि आक्रामक हुन्छन् । न यो केटाको दोष हो न त केटीको दोष हो । दोष हर्मोनको हो, जवानीको हो ।

हरेक साहित्य, कला, फिल्म, गीत तथा उपन्यासमा यौनका विषय लुकेका हुन्छन्, लुकाएका हुन्छन् । अन्तर कुन्तरमा मानिस त्यसलाई खोजिरहेको हुन्छ । हाम्रो सिकाई त्यहीँबाट सुरु हुन्छ । जबसम्म शारीरिक आवश्यकता (यौन)लाई गुपचुपको विषय बनाइन्छ, लेनदेनको विषय बनाइन्छ वा पुरुषसत्व/मर्द मापनको विषय बनाइन्छ तबसम्म समस्या बल्झिरहन्छ र रहिरहन्छ । यौन एउटा चरम सुख भोगको अवस्था हो; मनोरञ्जनको माध्यम हो । स्वस्थ यौनमा एउटा पक्ष पीडित र अर्को पक्ष रोमान्चित हुन सक्दैन । यो दोहोरो हुन्छ ।

यौनलाई लेनदेनको हतियार बनाउँदा स्वार्थ पूर्तिको माध्यम बनाउँदा वा नारीको चरित्र हत्या गर्ने वा केटाहरुलाई खुईल्याउने जे जस्ता गतिविधि र अभ्यास हुँदै छन् ति सबै गलत छन् । समाजको कानुनले त्यसलाई न्यूनीकरण गरेको देखिँदैन; बरु बढ्वा दिएको छ । “ललाई फकाईको कुरा छ” हनि ट्रयाप कुरा छ, सबैमा नियत जोडिएको हुन्छ । खराब नियत दण्डनीय हुनुपर्छ । तर सहमतिमा भएको क्रियाकलाप दण्डनीय हुन सक्दैन, हुनुहुँदैन । महिनौसँगै घुम्ने, एउटै बेड प्रयोग गर्ने अनि स्वार्थ नमिल्दा चाहिँ केटालाई बलात्कारी प्रमाणित गर्ने प्रयास भने साच्चिकै गलत छ ।

अपवाद बाहेक महिलाको स्वीकृत बिना यौन सम्बन्ध हुन पनि सक्दैन । राजी खुसीमा यौन सम्पर्क राख्ने अनि कानुनका छिद्र खोज्दै लेनदेनको विषय बनाउँदा पुरुषहरुलाई अन्याय पो हुने हो कि ? राजीखुसीमा भएका सबै यौन व्यवहारहरुलाई कानुनी कठ्घरामा ल्याउनु गलत हुनेछ । यो नै बिडम्बना हो ।

यौनका बारेमा व्यापक बहस चलाउन ढिला भैसकेको छ । बल प्रयोग भएको बाहेक सबै यौन व्यवहारहरु ‘जबर्जस्ति’मा परिणत हुन सक्दैनन् । अपवाद बाहेक महिलाको स्वीकृत बिना यौन सम्बन्ध हुन पनि सक्दैन । राजी खुसीमा यौन सम्पर्क राख्ने अनि कानुनका छिद्र खोज्दै लेनदेनको विषय बनाउँदा पुरुषहरुलाई अन्याय पो हुने हो कि ? राजीखुसीमा भएका सबै यौन व्यवहारहरुलाई कानुनी कठघरामा ल्याउनु गलत हुनेछ । यो नै बिडम्बना हो ।

अब, यौनलाई स्वतन्त्रताको विषय बनाउनु पर्छ । विद्यमान कानुनमा सुधार गर्नुपर्छ । अन्यथा, सबै केटाहरु बलात्कारी हुनेछन् । लेनदेनको कुरा नमिल्ने बित्तिकै त्यो जबर्जस्तीमा परिणत हुनेछन् । सबै केटाहरु खराब हुँदैनन्, सबै केटाहरु बलात्कारी हुँदैनन् । सबै केटीहरु पीडित हुँदैनन् र सबै केटीहरु अन्यायमा परेका हुँदैनन् । त्यसैले यौन क्रियाकलापलाई बदला लिने हतियार नबनाईयोस् ! एउटा स्वतन्त्रताको विषय बनाईयोस् !

लेखकका अन्य लेखहरू

रूपान्तरणको अवसर ‘मंसिर ४’

ग्रामीण विकास वा ग्रामीण सहरीकरण ?

राजनीतिक नेतृत्व र समृद्धिको आशा

बल्खुले किन ढिलो गर्छ नतिजा प्रकाशन गर्न ?

त्रिविकै नक्कल गर्न अरु विश्वविद्यालय किन ?

आधुनिक प्रशासन कस्तो हुनुपर्छ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको