back
CTIZAN AD

बल्खुले किन ढिलो गर्छ नतिजा प्रकाशन गर्न ?

वि.सं.२०७९ असार ३२ शनिवार

1.1K 

shares

देशको जेठो विश्वविद्यालय र उसको परीक्षा सम्बन्धि काम गर्ने निकाय (परीक्षा नियन्त्रण कार्यालय, बल्खु) कति चुस्त छ ? कति दुरुस्त छ ? भन्ने कुराले पुरै विश्वविद्यालयको प्रतिबिम्ब प्रस्तुत गर्दछ । विश्वविद्यालयका अन्य निकायभन्दा यो बढी संवेदनशिल र व्यवस्थित हुनुपर्ने आम मानिस र विद्यार्थीको बुझाई हो । तर किन व्यवस्थित हुन सकेन ? किन छिटो नतिजा दिन सक्दैन भन्ने आम मानिसको/विद्यार्थीको गुनासो हुने गर्दछ ।

वास्तविकता पनि त्यही हो कि उसले नतिजा दिन झन्डै एक वर्ष नै कुराउँछ । यसो हुनका अनेकन कारण छन् । ती कारणलाई निम्न समूहमा वर्गीकरण गरिएको छ–

– प्राविधिक एवम् जनशक्ति सम्बन्धि कारण

– व्यवस्थापकीय कारण

– अन्य कारण

देशको जेठो विश्वविद्यालय र उसको परीक्षा सम्बन्धि काम गर्ने निकाय (परीक्षा नियन्त्रण कार्यालय, बल्खु) किन व्यवस्थित हुन सकेन ? किन छिटो नतिजा दिन सक्दैन ? आम मानिस र विद्यार्थीको गुनासो छ । वास्तविकता उसले नतिजा दिन झन्डै एक वर्ष नै कुराउँछ । यसले गर्दा समग्र विश्वविद्यालयमै बेथिति जन्मिएको छ ।

मूलतः कपि परीक्षण, सम्परीक्षण, प्राप्ताङ इन्ट्री, हाजिरी इन्ट्री, नतिजा प्रशोधन, अनुपस्थित पहिचान आदि जटिल काम यसमा पर्दछन् । उल्लेखित काममा एकातिर गोपनियता कायम हुनुपर्छ भने अर्कातिर प्रबिधिको प्रयोग गर्नुपर्छ । यो प्रक्रिया र कार्य सम्पादनमा ढिलो गराइन्छ र गरिन्छ । जसको कारण नतिजा पनि ढिलो हुने गर्दछ । जस्तो कि–

१) परम्परागत तवरले कार्य सम्पादन गर्नु ।

२) कम्युटर सफ्टवेयरको प्रयोग ज्यादै कम हुनु ।

३) धेरै विद्यार्थी, धेरै विषय हुनु ।

४) समस्या समाधान होइन, गुजुल्ट्याएर राख्नु ।

५) प्रविधियुक्त जनशक्ति भन्दा प्रशासनिक जनशक्ति बढी हुनु ।

६) कर्मचारीले कामसँग सम्बन्धित तालिम नपाउनु ।

७) विद्युतीय शासन भन्ने कुरा एकादेशकोशको कथा हुनु ।

८) परीक्षा केन्द्रहरुले गराउने हाजिरी अस्तव्यस्त हुनु ।

९) व्यवस्थित गरी होइन, जसरी हुन्छ कपि पोको पारेर बल्खु पुर्‍याउने प्रवृत्ति हुनु ।

१०) देशका ७६ जिल्लाबाट २/३ महिना कपि ल्याउने अनि लैजाने प्रणाली सुधार हुन नसक्नु ।

११) विकेन्द्रीत भने पनि सबै काम केन्द्रीकृत हुनु ।

व्यवस्थापकीय कारण

व्यवस्थापनमा/अनुभवमा अब्बल भएका व्यक्तिलाई नेतृत्व दिनु पर्नेमा राजनीतिक भागवण्डाको कारण कमजोर व्यक्तिले परीक्षाको नेतृत्व पाउनु मुख्य समस्या हो । वर्तमान नेतृत्वको व्यवस्थापकीय क्षमता ज्यादै कमजोर देखिन्छ । यसले गर्दा समग्र व्यवस्थापन र परीक्षा प्रशासनमा बेथिती सिर्जना भएको छ । जस्तो कि–

१) कर्मचारी परिचालन गर्न नसक्ने नेतृत्व हुनु ।

२) कर्मचारी मुल्यांकनको आधार काम नभई, राजनीतिक आस्थामा आधारित हुनु ।

३) कर्मचारीलाई उत्प्रेरित गर्नु भन्दा विभाजन गर्ने प्रवृत्ति हुनु ।

४) ठिक व्यक्तिलाई ठिक ठाउँमा राख्न नसक्नु ।

५) परीक्षाका सबै कामलाई विद्युतीय प्रणालीमा ढाल्न नसक्दा पुराना कर्मचारीको खाँचो महसुस भइरहनु ।

६) सुबिधा एवम् इन्सेन्टिभमा विभेद हुँदा कर्मचारीमा नैराश्यता हुनु ।

७) इमानदार एवम् क्षमतावान नेतृत्व नहुनु ।

साँच्चिकै नतिजा प्रकाशन समयमा गर्ने हो भने दुई/तीन महिनासम्म कपि मात्र ओसारपसार गर्ने प्रणाली बन्द गर्नुपर्छ । क्षेत्रीय कार्यालयलाई अधिकार सम्पन्न गराई काम गराउनु पर्दछ । यसका लागि सोहीअनुरुप जनशक्ति व्यवस्थापन जरुरी छ । यसो गर्न सकेमा नतिजा तीन महिना होइन, त्योभन्दा छिटै निकाल्न सकिन्छ ।

अन्य कारणहरु

नेपालको अस्तव्यस्त राजनीति, उनीहरुका भातृसंगठन आदिले गर्ने बन्द हडताल, तालाबन्दी, कपि ओसार पसार आदि गरिरहँदा हुन सक्ने प्राकृतिक प्रकोप आदिले पनि नतिजा प्रकाशनमा कहिले काहीँ असर गर्दछ । अनि अर्कोतिर जसरी पनि परीक्षा पास हुनु पर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा विभिन्न परीक्षाबाट जालझेलपूर्ण कामहरु हुन खोज्दछन् । यो प्रवृत्तिले पनि समयमा नतिजा दिने कुरामा कहीँ न कहीँ समस्या सिर्जना हुन्छ । विभिन्न ठाउँमा बदमासी हुन्छन, ठोकिन्छ बल्खुमा । कर्मचारी रिक्स लिएर काम गर्न चाहाँदैनन् । अख्तियार तथा अदालत जानू पर्ने डरले कार्य सम्पादनमा समस्या सिर्जना हुन्छ ।

नतिजासँग र कामसँग वृत्ति विकास पनि जोडिन्छ । जति दलिएर वा घोटिएर काम गर्दा पनि बढुवा हुँदैन, त्यसको प्रत्यक्ष असर नतिजा प्रकाशनमा पर्न जान्छ । नतिजा ढिलो हुन्छ । कर्मचारीमा निराशा छ ।

अन्तमा, साँच्चिकै नतिजा प्रकाशन समयमा गर्ने हो भने दुई/तीन महिनासम्म कपि मात्र ओसारपसार गर्ने प्रणाली बन्द गर्नुपर्छ । क्षेत्रीय कार्यालयलाई अधिकार सम्पन्न गराई काम गराउनु पर्दछ । यसका लागि सोहीअनुरुप जनशक्ति व्यवस्थापन जरुरी छ । समग्र प्रणाली परिवर्तन गर्न सक्ने सक्षम नेतृत्व पूर्वसर्त हुन्छ । यसो गर्न सकेमा नतिजा तीन महिना होइन, त्योभन्दा छिटै निकाल्न सकिन्छ । मात्र इच्छा शक्ति जरुरी छ ।

(नाेट : यो कुनै अनुसन्धानको निष्कर्ष होइन, केवल नजिक रहेर अनुभव गर्दाको फेहरिस्त मात्र हो यो ।)

लेखककाे सम्बन्धित लेखहरू

त्रिविकै नक्कल गर्न अरु विश्वविद्यालय किन ?

आधुनिक प्रशासन कस्तो हुनुपर्छ ?

वि.सं.२०७९ असार ३२ शनिवार ०७:४० मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...