back
CTIZAN AD

त्रिविकै नक्कल गर्न अरु विश्वविद्यालय किन ?

वि.सं.२०७९ असार २८ मंगलवार

1.1K 

shares

२०१६ सालदेखि निरन्तर राष्ट्रको लागि उच्च जनशक्ति उत्पादन गर्दै आएको त्रिभुवन विश्वविद्यालयले ६३ औँ जन्मोत्सव मनाइरहँदा अनेक कोणबाट बहसहरु भएका छन् । २०४३ सालदेखि बहु–विश्वविद्यालयमा प्रवेश गरेको नेपालमा २०४८ साल पछि विश्वविद्यालयको बाढी नै आयो । पंक्तिकारको आशय बहु–विश्वविद्यालयप्रति कुनै दुराग्रह छैन । मात्र प्रश्न छ, खुलेका र खुल्न लागेका विश्वविद्यालयसँग कुन त्यस्तो नयाँ शैक्षिक कार्यक्रम छ, जुन त्रिविसँग छैन ? पूर्वीय चिन्तन र संस्कृत शिक्षासँग सम्बन्धित नेपाल संस्कृत विश्वविद्यालय समयको माग थियो होला, त्यसलाई ठिकै मान्न सकिएला तर, बिडम्बना बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ कार्यक्रम चलाउँदै छ । नामको समेत बेइज्जत होइन त यो ? बहु–विश्वविद्यालयले खोजेको यहि हो त ?

खुलेका र खुल्न लागेका विश्वविद्यालयसँग कुन त्यस्तो नयाँ शैक्षिक कार्यक्रम छ, जुन त्रिविसँग छैन ? पूर्वीय चिन्तन र संस्कृत शिक्षासँग सम्बन्धित नेपाल संस्कृत विश्वविद्यालय समयको माग थियो होला, त्यसलाई ठिकै मान्न सकिएला तर, बिडम्बना बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ कार्यक्रम चलाउँदै छ । नामको समेत बेइज्जत होइन त यो ? बहु–विश्वविद्यालयले खोजेको यहि हो त ?

२०४८ सालदेखि शिक्षा क्षेत्रमा निजी शैक्षिक संस्थाको सुरुवात भयो । निजी क्षेत्रबाट काठमाडौं विश्वविद्यालय खुल्यो । यसले निजी क्षेत्रको एउटा मानक राख्ला । यसलाई खुला र उदारीकरणको एउटा आयाम मान्न सकिएला । बाँकी विश्वविद्यालयहरु किन खोलिए होलान् ? राष्ट्रको उच्च शिक्षामा तिनिहरुको योगदान कति होला ? कति विद्यार्थीहरुको भार तिनिहरुमा होला ? त्रिभुवन विश्वविद्यालयको भन्दा कुन–कुन कार्यक्रम फरक होलान् ?

त्रिभुवन विश्वविद्यालयकै बाहलवाला वा निवृत्त जनशक्ति, अनि विश्वविद्यालयकै भौतिक सम्पत्ति हडपरे खुलेका यी विश्वविद्यालयको योगदान जम्माजम्मी २० प्रतिशत पनि छैन । २० प्रतिशत विद्यार्थीको लागि १३/१४ वटा विश्वविद्यालय किन चाहिएको होला ? केही थान कार्यकर्ताहरुलाई उपकुलपति, सेवा आयोग अध्यक्ष, रजिस्ट्रार तथा पदाधिकारीमा जागिर खुवाउनु अनि केही थान कार्यकर्ताहरुलाई शिक्षक तथा कर्मचारीमा भर्ती गर्नु बाहेक अरु ठूला उपलब्धि के छन् ? त्रिवि कै शैक्षिक कार्यक्रमको डुब्लिकेसन गरेर कुन चाहिँ बहु–विश्वविद्यालयको अवधारणा कार्यान्वयन भयो ? राष्ट्रले पायो के ?

अझ पछिल्लो समयमा त प्रदेशहरुमा पनि विश्वविद्यालय खोल्ने होडबाजी चलेको छ । यसले के–कस्तो शैक्षिक गुणस्तर कायम गर्ला ? के–कस्ता नयाँ शैक्षिक कार्यक्रम ल्याउलान् ? के–कति विद्यार्थी त्यसमा भर्ना होलान् ? त्रिविको दायित्व कति कम होला ? प्रश्न अनुत्तरित नै छ । तर एउटा सत्य कुरा केहो भने खुलेका ११ वटा विश्वविद्यालयको हालत देखियो । प्रदेश विश्वविद्यालयहरुको त्योभन्दा पृथक हुने अनुमान गर्नु मुर्खता बाहेक केही हुने छैन । अमुक व्यक्ति वा अमुक पार्टीको समर्थनमा खुल्ने विश्वविद्यालयको योगदान झन् कति होला ? त्यसको फाइदा अमुक पार्टी र अमुक व्यक्तिहरुले कुमल्याउँदैन भन्ने के ग्यारेन्टी छ ? साच्चिकै जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिन खोजिएकै हो त ?

अमुक व्यक्ति वा अमुक पार्टीको समर्थनमा खुल्ने विश्वविद्यालयको योगदान झन् कति होला ? त्यसको फाइदा अमुक पार्टी र अमुक व्यक्तिहरुले कुमल्याउँदैन भन्ने के ग्यारेन्टी छ ? साच्चिकै जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिन खोजिएकै हो त ?

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वाेप कलेजले १४ लाखमा डाक्टरको अध्यापन गराउने दाबी गरिरहेको छ । अहिले पनि उसले इन्जिनियरिङलगायतका विषय सस्तोमा अध्यापन गराईरहेको छ । उसले विश्वविद्यालयको माग गरेको वर्षौ भयो तैपनी पाएको छैन । कारण प्रष्ट छ । शैक्षिक माफियाहरुको कमाई घट्छ !

कुनै अमुक पार्टीलाई डाक्टर पढाउने विश्वविद्यालय चाहिएको छ । विद्यार्थीको आकर्षण भएका इन्जिनियरिङ्ग तथा प्राबिधिक विषयको पढाइ हुने विश्वविद्यालय खोलेर केही पार्टीका व्यक्तिको कल्याण गर्नुछ । पार्टीको संगठन बलियो बनाउनु छ । काठमाडौं उपत्यका आसपासमा नै विश्वविद्यालय चाहिएको छ । खोल्नु परेको छ । राजनीतिक आवरणमा पैसा कमाउनु परेको छ ।

विश्वविद्यालय खोल्नु हुँदैन भन्ने मान्यता पटक्कै होइन तर, खोलिएका विश्वविद्यालयको प्रगति, तिनिहरुको योगदान समिक्षा गर्नुपर्छ कि पर्दैन ? १० वटा विश्वविद्यालयको भागमा २ प्रतिशत पनि विद्यार्थी नहुनु भनेको केहो ?

त्रिविको भन्दा मनमोहन, मदन भण्डारी विश्वविद्यालयसँग नयाँ कार्यक्रम के छ ? त्रिवि कै शैक्षिक कार्यक्रमको ‘डुब्लिकेसन’ गर्न यी नयाँ विश्वविद्यालय किन चाहियो ? त्रिविको साख घटाउने गरि खुलेका र खुल्न लागेका यस्ता विश्वविद्यालयले शैक्षिक अराजकता र राज्यको सम्पत्ती दोहन बाहेक केही गर्ने छैनन् । यीनको कारण शैक्षिक क्षेत्रमा थप अराजकता मात्रै बढाउने काम हुनेछ ।

अहिले खुलेका र शैक्षिक कार्यक्रम शुरु गर्दै गरेका मदन भण्डारी, मनमोहन विश्वविद्यालयहरुका शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालयका भन्दा कति फरक छन् भन्ने कुरा एक पटक मुल्यांकन गर्ने कि नगर्ने ? जेठो विश्वविद्यालयलाई भताभुङ्ग बनाउने र यसको साख गिराउने कामले राज्यको उन्नति कति होला ? राज्यको शैक्षिक स्तर कति बढ्ला ? राज्यको सम्पत्ती दुरुपयोग गरेर कुनै पार्टीलाई विश्वविद्यालय चलाउने रहर जाग्यो रे ! डाक्टर पढाएर कोष बलियो बनाउने रहर लाग्यो रे ! वास्तवमा पार्टी र अमुक व्यक्तिहरुको भलाईका लागि खोलिने विश्वविद्यालयले दलाल पुँजीपतिको हित गर्ने छ । पार्टीको संगठन बलियो बनाई दिने छ । कालोधनको उपयोग गर्ने छ । राजनीतिलाई शुद्धीकरण होइन अझ भ्रष्टिकरण तर्फ लाने छ । नियतमै खोट भएपछि कसैको केही लाग्दैन । नत्र ख्वाेप विश्वविद्यालयले किन स्वीकृत पाएन ? यसको जवाफ छ ?

त्रिविको भन्दा मनमोहन, मदन भण्डारी विश्वविद्यालयसँग नयाँ कार्यक्रम के छ ? त्रिवि कै शैक्षिक कार्यक्रमको ‘डुब्लिकेसन’ गर्न यी नयाँ विश्वविद्यालय किन चाहियो ? त्रिविको साख घटाउने गरि खुलेका र खुल्न लागेका यस्ता विश्वविद्यालयले शैक्षिक अराजकता र राज्यको सम्पत्ती दोहन बाहेक केही गर्ने छैनन् । यीनको कारण शैक्षिक क्षेत्रमा थप अराजकता मात्रै बढाउने काम हुनेछ ।

वि.सं.२०७९ असार २८ मंगलवार १२:३२ मा प्रकाशित

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...