back
CTIZAN AD

आधुनिक प्रशासन कस्तो हुनुपर्छ ?

वि.सं.२०७९ असार १९ आइतवार

2.5K 

shares

२१ औँ शताब्दीसँग मिल्दो जुल्दो आधुनिक प्रशासन कस्तो हुनु पर्छ भन्ने सवालमा फरक–फरक बुझाइ र धारणा हुन सक्छन् । सेवा लिनेले खोजेको प्रशासन कस्तो होला ? सेवा दिइरहेकाहरुले चाहेको प्रशासन कस्तो होला ? सरकार कस्तो प्रशासन चाहन्छ होला ? विश्व परिवेश कस्तो छ ? सञ्चार र प्रविधिको विकासले सार्वजनिक प्रशासनलाई के–कस्ता अवसर र चुनौती थपेको छ ? यी र यस्ता आयामलाई जोडेर आधुनिक प्रशासनको चर्चा गरिएको छ ।

आधुनिक प्रशासन भनेको प्रविधिमा आधारित जनताको सेवामा केन्द्रित प्रशासन हो । जहाँ सेवा दिनेहरु मालिक र सेवा लिनेहरु निमुखा होइनन् भन्ने मान्यता राखिन्छ । आधुनिक प्रशासनका अनेक आयाम भएता पनि आलेखमा तीन वटा आयामलाई मुख्य आधार बनाई चर्चा गरिएको छ ।

– निपुर्णतामा आधारित सार्वजनिक प्रशासन ।

– कार्य घण्टाका आधारमा ज्याला भूक्तानी गर्ने प्रशासन ।

– लचकतामा (कार्य समय) आधारित प्रशासन ।

पुँजीवादी विश्व अर्थतन्त्र जो नाफा नोक्सानमा विश्वास राख्छ । नाफालाई प्राथमिकतामा राख्दछ । सार्वजनिक प्रशासन र कर्मचारीतन्त्र पनि विश्व व्यवस्थासँगै मिल्दो जुल्दो हुनुपर्छ भन्ने मान्यता राखिन्छ । प्रशासकहरु कार्य व्यवस्थापनमा र कर्मचारी आफ्नो काममा निपूर्ण हुनुपर्छ । लुम्रे–झुम्रे होइन फूर्तिलो कर्मचारी, जसले छिटो छरितो सेवा दिन सकोस् । कार्य–कुशल, जाँगरिलो, हँसिलो, अतिरिक्त आयलाई भन्दा जनताको सेवालाई प्राथमिकता दिने, इमानदार, नैतिकवान, प्रबिधीमैत्री कर्मचारी प्रशासन २१ औँ शताब्दीको प्रशासन हो ।

कार्य प्रक्रियाका साथ–साथै परिणाम र प्राप्तिलाई जोड दिने कर्मचारी जो सिसि क्यामेराको निगरानीमा बसेर नागरिकको सेवामा केन्द्रित प्रशासन चाहिएको छ । साचोरूपमा जनताको नोकर चाहिएको छ ।

तलब सुबिधा के–कति दिनुपर्छ भन्ने कुरा राज्यले तय गर्नुपर्छ । कर्मचारीलाई जीवन निर्वाह गर्न पुग्ने तलव सुबिधा प्रदान गर्नु राज्यको दायित्व हो । कर्मचारीले आफ्नो सामाजिक सुरक्षालगायतका विषयमा चिन्ता लिन नपरोस् । जुन राज्यले ग्यारेन्टी गर्नुपर्छ । जस्तो कि स्वास्थ उपचार, शिक्षा, बृद्ध अवस्थाको जिम्मेवारी आदि आदि ।

आधुनिक सार्वजनिक प्रशासन सन्चालन गर्ने कर्मचारी स्थायी नै हुनुपर्छ भन्ने मान्यता अब त्याग्नुपर्छ । कामको ज्याला कार्य घण्टाको आधारमा दिइनु पर्छ । कार्य सम्पादन मुल्यांकनलाई तलब सुबिधा बृद्धिको आधार बनाइनु पर्छ । कार्यलय आय बापत तलब होइन, कार्यालयमा काम गरे बापत प्रति घण्टाका आधारमा ज्याला भुक्तानी गर्ने हो भने काममा हुने ढिला सुस्ती, हाजिर गरेर भाग्ने मात्र होइन अति राजनीति पनि अन्त हुन्छ । समयले खोजेको आधुनिक प्रशासन यस्तै हो ।

सेवाग्राहीको अनुहार हेर्नुपर्छ, उनीहरुलाई लाइनमा राखेर सेवा दिनुपर्छ भन्ने मान्यता त्याग्नुपर्छ । त्यो पुरानो सोच हो । कम्प्युटर/अनलाइनको माध्यमबाट जतिबेर पनि सेवा दिन सक्ने र लिन सक्ने प्रशासन २१ औँ शताब्दीको प्रशासन हो । यो नै समयको माग हो । नेपालको सार्वजनिक प्रशासन कहिले त्यहाँ पुग्छ भन्न सकिन्न । पुग्नु पर्ने चाहिँ त्यहीँ हो ।

कतिपय कामहरु कार्यालयमा नआई गर्न सकिन्छ । बिहान–बेलुका–राती पनि गर्न सकिन्छ । बिदाको दिन गर्न सकिन्छ । १०–५ मा नै काम गर्नुपर्छ भन्ने होइन । मिल्न सक्ने काम जुन सुकै समयमा जहाँबाट पनि गरिदिन सक्ने प्रशासन हुनुपर्छ । काम शुरु गर्ने र अन्त गर्ने समयबिच लचकता हुनुपर्छ ।

सेवाग्राहीको अनुहार हेर्नुपर्छ, उनीहरुलाई लाइनमा राखेर सेवा दिनुपर्छ भन्ने मान्यता त्याग्नुपर्छ । त्यो पुरानो सोच हो । कम्प्युटर/अनलाइनको माध्यमबाट जतिबेर पनि सेवा दिन सक्ने र लिन सक्ने प्रशासन २१ औँ शताब्दीको प्रशासन हो । यो नै समयको माग हो । नेपालको सार्वजनिक प्रशासन कहिले त्यहाँ पुग्छ भन्न सकिन्न । पुग्नु पर्ने चाहिँ त्यहीँ हो ।

वि.सं.२०७९ असार १९ आइतवार ०८:४४ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...