back
CTIZAN AD

रूपान्तरणको अवसर ‘मंसिर ४’

वि.सं.२०७९ भदौ २० सोमवार

852 

shares

अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले सोभियत संघको पतनसगै “इण्ड अफ द हिष्ट्री” भन्दै लिबरल डेमोक्रेसीको वकालत गरे । उक्त पुस्तकमा इतिहासबाटै कम्युनिजम पतन भएको उल्लेख गरे । यसले एउटा बहस सिर्जना गर्‍यो । दुनियाँ अब त्यतै हो त ? प्रमाण र प्रवृत्तिहरुले त्यस्तै संकेत गर्दछन् । दुनियाँ स्वतन्त्रता/प्रजातन्त्र चाहान्छ । कुनै ‘वाद’ वा ‘दर्शन’मा अब रुचि छैन । इन्टरनेट, सामाजिक सजाल तथा सहज विश्वञ्व्यापी पहुँचको कारण मानिसमा वाद र दर्शनमा आधारित पार्टीभन्दा प्रजातान्त्रिक मास बेस पार्टीमा रुझान भएको देखिन्छ । पुराना पुस्ता र पुरानो सोचलाई मतदाताहरुले भत्काएको देखिन्छ ।

छिमेकी मुलुक भारतमा अरबिन्द केजरिवालको आम आदमी पार्टीको न कुनै वाद छ, न कुनै दर्शन छ । उसको वाद भने पनि दर्शन भने पनि विकास, सुशासन र पारदर्शिता हो । सन् २०१३ को विधानसभा चुनावसँगै सत्ता राजनीतिमा उदाएको आम आदमीले एक दशकमै भारतको राजधानीमा मात्र जितेन अर्को प्रान्त पन्जाबमा समेत दुई तिहाई मत प्राप्त गर्‍यो । न यसको लामो इतिहास छ, न त अरु पार्टीको जस्तो तडक भडक । आम आदमीको केन्द्रदेखि स्थानीय तहसम्म पार्टीगत संरचना पनि छैन । यसले मतदाताहरुको रुझान र सोच परिवर्तनको संकेत गर्दछ । युरोपको एउटा विकसित मुलक फिनल्यान्डमा ३६ वर्षिया महिलाले मुलुक हाँकेकी छन् । फ्रान्समा एउटा बैंकको सामान्य कर्मचारी राष्ट्रपति बने । युद्धग्रस्त युक्रेनमा हास्य कलाकार राष्ट्रपति बने । यी प्रतिनिधि पात्र र घटनाले मतदाताको मनोविज्ञान दर्शाउछ ।

वर्तमानका मुख्य पार्टीहरुबाट विकास, सुशासन र पारदर्शिता सम्भव देखिन्न । विगत ३० वर्षदेखिको अभ्यासले पनि यही देखाउँछ । अबको खाँचो वैकल्पिक शक्तिको उदय हो । भारतमा जस्तै नेपालमा पनि ‘आम आदमी’ पार्टीको उदय हुन ढिलो भइसकेको छ । निर्वाचनमार्फत जनताले वैकल्पिक शक्तिलाई अगाडि बढाउनुपर्छ ।

नेपालमा २०४६ पछि बहुदलीय व्यवस्थामा आधारित भइ कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुले शासन गरिरहेका छन् । कांग्रेसको विकल्प कम्युनिस्ट, कम्युनिस्टको विकल्प कांग्रेस जस्तो देखिएको छ । यिनिहरुको नेतृत्व परम्परागत मात्र होइन; अति संकुचित र जड्सुत्रवादी छ । जनताहरु निराश छन्, यिनिहरुको विकल्प जरुरी छ । अब यिनिहरुबाट परिवर्तन र समृद्धिको सम्भावना छैन । अहिलेसम्म पार्टी लोकप्रीय भएर शासन गरेका पनि होइनन् । लाखौं लाख कार्यकर्ता कर्मचारी जस्तै पालित छन् त्यसैको कमाल हो; चुनावी परिणाम । तिनीहरुले नै प्रभावित पार्छन् चुनावलाई । सबै पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्म नेतादेखि कार्यकर्ता भ्रष्ट छन् । भ्रष्ट नेता र भ्रष्ट कार्यकर्ताबाट समाज परिवर्तन हुन्छ; देश विकास हुन्छ भनेर सोच्नु गलत छ ।

देशका युवा जति कुशासनको कारण विदेशमा छन्, भोट हाल्न मात्र आउने कुरा पनि भएन । विदेशमा हुनेलाई भोटिङ राइट यी परम्परागत सोच भएका दलले दिँदै दिँदैनन्, दिए चुनावी नतिजा उलट पुलट हुन्छ । आफू हार्ने काम के गर्थे यि बेईमानहरु ! जनता निमुखा छन् । चेतना कमजोर छ । उनीहरुलाई केही सय नगद वा चुनावभन्दा एक दुई/दिन अगाडिको खानपिन र झुटो आश्वासनले पुरानै पार्टीमा लाग्न बाध्य बनाउँछ । यसो गर्न नेता र स्थानीय कार्यकर्ता खप्पिस छन् । जनता बिक्छन् । यही हो बिडम्बना !

वर्तमानका मुख्य पार्टीहरुबाट विकास, सुशासन र पारदर्शितासम्भव देखिन्न । विगत ३० वर्षदेखिको अभ्यासले पनि यही देखाउँछ । अबको खाँचो वैकल्पिक शक्तिको । भारतमा जस्तै नेपालमा पनि ‘आम आदमी’ पार्टीको उदय हुन ढिलो भइसकेको छ । नविनतम् सोच भएका वर्ग र समुदाय जाग्न ढिला भएको छ । अब कुनै क्रान्ति चाहिँदैन । केवल बिना हतियारको क्रान्ति जरुरी छ । कम्युनिस्ट वा राजतन्त्र अबका म्याद सकिएका औषधि हुन् । कांग्रेसलाई कहिल्यै नीति नै बनाउनु परेन । अरुले बेढङ्ग गर्दा काफी भयो । उ त्यही आत्मारतिमा छ । यो मुलुकलाई कांग्रेसले वा एमाले वा अहिलेका कुनै दलले अगाडि बढाउन सक्दैनन् भन्ने प्रमाणित नै भयो । भ्रष्टाचारले ढुङढुङती गनाएका छन् । आशा गर्नु बेकार छ ।

देशभर धेरै बालेनहरु र हर्क साम्पाङहरु जन्माउनु पर्छ । ‘परिवर्तनका लागि मतदान’ त्यसैले समय आउला भनेर कुर्ने होइन, समय बदल्ने हो । पुराना पार्टीलाई धक्का दिने हो । लौरो हान्नुस् वा घण्टी बजाउनुस् । जे भए पनि गर्नुपर्छ । मंसिर ४ सुनौलो अवसर हो ।

पतन भएको राजतन्त्रको खासै चर्चा नगर्दा पनि हुन्छ । किनकी २५० वर्ष यिनिहरुसँगै थियो । भयो के ? सभ्यता विकास केही सुस्त होला, ढिलो होला तर, फेरि सभ्यता अपवाद बाहेक पछाडि फर्कँदैन । मानिसहरु राणा शासन फर्कन्छ, अलि पछि पञ्चायत फर्कन्छ भन्थे । राजा र राजतन्त्र फर्कन्छ भन्नू उस्तै कुरा हो । केही मानिसमा अझै भ्रम छ । त्यसलाई मेटाए हुन्छ । राजतन्त्रको कल्पना नगर्दा राम्रो ।

अबको बिकल्प जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी हुने मास बेस पार्टी/शक्ति हो । त्यसका लागि आधार तयार गर्नुपर्छ । जनतालाई सचेत बनाउनु पर्छ । तत्काल त्यसो गर्न सकिन्न भने स्वतन्त्र वा भएका मध्ये राम्रा उम्मेदवारलाई मतदान गर्नुपर्छ । देशभर धेरै बालेनहरु र हर्क साम्पाङहरु जन्माउनु पर्छ । ‘परिवर्तनका लागि मतदान’ त्यसैले समय आउला भनेर कुर्ने होइन; समय बदल्ने हो । पुराना पार्टीलाई धक्का दिने हो । लौरो हान्नुस् वा घण्टी बजाउनुस् । जे भए पनि गर्नुपर्छ । मंसिर ४ सुनौलो अवसर हो ।

वि.सं.२०७९ भदौ २० सोमवार ०९:१९ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...