अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले सोभियत संघको पतनसगै “इण्ड अफ द हिष्ट्री” भन्दै लिबरल डेमोक्रेसीको वकालत गरे । उक्त पुस्तकमा इतिहासबाटै कम्युनिजम पतन भएको उल्लेख गरे । यसले एउटा बहस सिर्जना गर्यो । दुनियाँ अब त्यतै हो त ? प्रमाण र प्रवृत्तिहरुले त्यस्तै संकेत गर्दछन् । दुनियाँ स्वतन्त्रता/प्रजातन्त्र चाहान्छ । कुनै ‘वाद’ वा ‘दर्शन’मा अब रुचि छैन । इन्टरनेट, सामाजिक सजाल तथा सहज विश्वञ्व्यापी पहुँचको कारण मानिसमा वाद र दर्शनमा आधारित पार्टीभन्दा प्रजातान्त्रिक मास बेस पार्टीमा रुझान भएको देखिन्छ । पुराना पुस्ता र पुरानो सोचलाई मतदाताहरुले भत्काएको देखिन्छ ।
छिमेकी मुलुक भारतमा अरबिन्द केजरिवालको आम आदमी पार्टीको न कुनै वाद छ, न कुनै दर्शन छ । उसको वाद भने पनि दर्शन भने पनि विकास, सुशासन र पारदर्शिता हो । सन् २०१३ को विधानसभा चुनावसँगै सत्ता राजनीतिमा उदाएको आम आदमीले एक दशकमै भारतको राजधानीमा मात्र जितेन अर्को प्रान्त पन्जाबमा समेत दुई तिहाई मत प्राप्त गर्यो । न यसको लामो इतिहास छ, न त अरु पार्टीको जस्तो तडक भडक । आम आदमीको केन्द्रदेखि स्थानीय तहसम्म पार्टीगत संरचना पनि छैन । यसले मतदाताहरुको रुझान र सोच परिवर्तनको संकेत गर्दछ । युरोपको एउटा विकसित मुलक फिनल्यान्डमा ३६ वर्षिया महिलाले मुलुक हाँकेकी छन् । फ्रान्समा एउटा बैंकको सामान्य कर्मचारी राष्ट्रपति बने । युद्धग्रस्त युक्रेनमा हास्य कलाकार राष्ट्रपति बने । यी प्रतिनिधि पात्र र घटनाले मतदाताको मनोविज्ञान दर्शाउछ ।
वर्तमानका मुख्य पार्टीहरुबाट विकास, सुशासन र पारदर्शिता सम्भव देखिन्न । विगत ३० वर्षदेखिको अभ्यासले पनि यही देखाउँछ । अबको खाँचो वैकल्पिक शक्तिको उदय हो । भारतमा जस्तै नेपालमा पनि ‘आम आदमी’ पार्टीको उदय हुन ढिलो भइसकेको छ । निर्वाचनमार्फत जनताले वैकल्पिक शक्तिलाई अगाडि बढाउनुपर्छ ।
नेपालमा २०४६ पछि बहुदलीय व्यवस्थामा आधारित भइ कांग्रेस, एमाले, माओवादीलगायतका दलहरुले शासन गरिरहेका छन् । कांग्रेसको विकल्प कम्युनिस्ट, कम्युनिस्टको विकल्प कांग्रेस जस्तो देखिएको छ । यिनिहरुको नेतृत्व परम्परागत मात्र होइन; अति संकुचित र जड्सुत्रवादी छ । जनताहरु निराश छन्, यिनिहरुको विकल्प जरुरी छ । अब यिनिहरुबाट परिवर्तन र समृद्धिको सम्भावना छैन । अहिलेसम्म पार्टी लोकप्रीय भएर शासन गरेका पनि होइनन् । लाखौं लाख कार्यकर्ता कर्मचारी जस्तै पालित छन् त्यसैको कमाल हो; चुनावी परिणाम । तिनीहरुले नै प्रभावित पार्छन् चुनावलाई । सबै पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्म नेतादेखि कार्यकर्ता भ्रष्ट छन् । भ्रष्ट नेता र भ्रष्ट कार्यकर्ताबाट समाज परिवर्तन हुन्छ; देश विकास हुन्छ भनेर सोच्नु गलत छ ।
देशका युवा जति कुशासनको कारण विदेशमा छन्, भोट हाल्न मात्र आउने कुरा पनि भएन । विदेशमा हुनेलाई भोटिङ राइट यी परम्परागत सोच भएका दलले दिँदै दिँदैनन्, दिए चुनावी नतिजा उलट पुलट हुन्छ । आफू हार्ने काम के गर्थे यि बेईमानहरु ! जनता निमुखा छन् । चेतना कमजोर छ । उनीहरुलाई केही सय नगद वा चुनावभन्दा एक दुई/दिन अगाडिको खानपिन र झुटो आश्वासनले पुरानै पार्टीमा लाग्न बाध्य बनाउँछ । यसो गर्न नेता र स्थानीय कार्यकर्ता खप्पिस छन् । जनता बिक्छन् । यही हो बिडम्बना !
वर्तमानका मुख्य पार्टीहरुबाट विकास, सुशासन र पारदर्शितासम्भव देखिन्न । विगत ३० वर्षदेखिको अभ्यासले पनि यही देखाउँछ । अबको खाँचो वैकल्पिक शक्तिको । भारतमा जस्तै नेपालमा पनि ‘आम आदमी’ पार्टीको उदय हुन ढिलो भइसकेको छ । नविनतम् सोच भएका वर्ग र समुदाय जाग्न ढिला भएको छ । अब कुनै क्रान्ति चाहिँदैन । केवल बिना हतियारको क्रान्ति जरुरी छ । कम्युनिस्ट वा राजतन्त्र अबका म्याद सकिएका औषधि हुन् । कांग्रेसलाई कहिल्यै नीति नै बनाउनु परेन । अरुले बेढङ्ग गर्दा काफी भयो । उ त्यही आत्मारतिमा छ । यो मुलुकलाई कांग्रेसले वा एमाले वा अहिलेका कुनै दलले अगाडि बढाउन सक्दैनन् भन्ने प्रमाणित नै भयो । भ्रष्टाचारले ढुङढुङती गनाएका छन् । आशा गर्नु बेकार छ ।
देशभर धेरै बालेनहरु र हर्क साम्पाङहरु जन्माउनु पर्छ । ‘परिवर्तनका लागि मतदान’ त्यसैले समय आउला भनेर कुर्ने होइन, समय बदल्ने हो । पुराना पार्टीलाई धक्का दिने हो । लौरो हान्नुस् वा घण्टी बजाउनुस् । जे भए पनि गर्नुपर्छ । मंसिर ४ सुनौलो अवसर हो ।
पतन भएको राजतन्त्रको खासै चर्चा नगर्दा पनि हुन्छ । किनकी २५० वर्ष यिनिहरुसँगै थियो । भयो के ? सभ्यता विकास केही सुस्त होला, ढिलो होला तर, फेरि सभ्यता अपवाद बाहेक पछाडि फर्कँदैन । मानिसहरु राणा शासन फर्कन्छ, अलि पछि पञ्चायत फर्कन्छ भन्थे । राजा र राजतन्त्र फर्कन्छ भन्नू उस्तै कुरा हो । केही मानिसमा अझै भ्रम छ । त्यसलाई मेटाए हुन्छ । राजतन्त्रको कल्पना नगर्दा राम्रो ।
अबको बिकल्प जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी हुने मास बेस पार्टी/शक्ति हो । त्यसका लागि आधार तयार गर्नुपर्छ । जनतालाई सचेत बनाउनु पर्छ । तत्काल त्यसो गर्न सकिन्न भने स्वतन्त्र वा भएका मध्ये राम्रा उम्मेदवारलाई मतदान गर्नुपर्छ । देशभर धेरै बालेनहरु र हर्क साम्पाङहरु जन्माउनु पर्छ । ‘परिवर्तनका लागि मतदान’ त्यसैले समय आउला भनेर कुर्ने होइन; समय बदल्ने हो । पुराना पार्टीलाई धक्का दिने हो । लौरो हान्नुस् वा घण्टी बजाउनुस् । जे भए पनि गर्नुपर्छ । मंसिर ४ सुनौलो अवसर हो ।
वि.सं.२०७९ भदौ २० सोमवार ०९:१९ मा प्रकाशित






























