back
CTIZAN AD

ग्रामीण विकास वा ग्रामीण सहरीकरण ?

वि.सं.२०७९ भदौ ८ बुधवार

1.9K 

shares

आज खासगरी सहरी क्षेत्रमा जनसंख्याको चाप थामी नसक्नु छ । पहाडी बस्तिहरु रित्तिँदै गएका छन् । गाउँपालिकाका वडाहरुमा मानिसहरूको संख्या हजारबाट सयमा झर्न थालेको छ । वास्तवमा गाउँमा देखिएको जनसंख्या कागजी मात्र हो । अधिकांशको बसोबास सहरी क्षेत्रमै हुन थालेको छ । गाउँमा केवल पुराना पुस्ताका बा–आमा घर रुंगेर बसेका छन् । कुन दिन छोराछोरीले सहर वा विदेश लान्छन्, त्यो पनि टुंगो छैन । त्यसो भएमा गाउँ थप निर्जन हुनेछ ।

युवाहरु सहर तथा विदेशमा छन् । उनीहरु गाउँमा बस्ने मुडमा छैनन् । गाउँमा आफ्नो भविश्य देखिरहेका छैनन् । गुणस्तरीय जीवन उनीहरुको खोजीको विषय बनेको छ । गाउँमा बनेका विकासका पूर्वाधार (विद्यालय, स्वास्थ केन्द्रहरु, सिंचाइका कुलोहरु, खानेपानीका संरचना इत्यादी)मा गरिएको लगानी प्रयोजन बिहीन बन्दै छ । स्कुलहरु बन्द हुने र मर्ज हुने अवस्थामा पुगेका छन् । यो एउटा गाउँ वा एउटा ठाउँको समस्या मात्रै पनि होइन, अधिकांश पहाडी तथा हिमाली क्षेत्रको चित्र हो ।

सहरी क्षेत्रमा जनसंख्याको चाप थामी नसक्नु हुनु र गाउँ रित्तिँदै जानु, यो सबै असन्तुलित विकासको परिणाम थियो । विकासमा असन्तुलनको गति अझै यस्तै रहने हो भने गाउँ बस्तिहरु खण्डहरमा परिणत हुने निश्चित छ ।

२०४६ सालपछि हिमाली र पहाडी क्षेत्रबाट जनसंख्याको स्थान्तरण सहर र तराईमा केन्द्रित हुन थाल्यो । माओवादी विद्रोहले त्यसलाई थप मलजल गर्‍यो । यो सबै असन्तुलित विकासको परिणाम थियो । विकासमा असन्तुलनको गति अझै यस्तै रहने हो भने गाउँ बस्तिहरु खण्डहरमा परिणत हुने निश्चित छ । प्रजननदरमा आएको गिरावट र तिव्र गाउँ छोड्नेको लर्कोले राज्यको नीतिलाई चुनौती दिँदैछ । राज्यको नीति ग्रामीण विकास हो वा ग्रामीण सहरीकरण ? प्रष्ट हुन जरुरी छ । नीतिहरुमा प्रष्ट नहुँदासम्म गाउँ बस्तिहरु अझ पातलिँदै जाने छन् । बस्तीहरु निर्जन र खण्डहर बन्ने छन् ।

स्थानीय बासिन्दा बसाइँ हिँडेपछि रित्तो बनेको गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरा गाउँ। तस्बिर – शिव उप्रेती

अबको नीति कस्तो हुने ?

अहिले देखिएको समस्याको अवस्था सुरुवाती हो । यसलाई व्यवस्थापन गर्न नसकिए समस्या थप विकराल हुनेछ । माथि उल्लेख गरिए जस्तै शहरमा जनसंख्याको अत्याधिक चाप हुने र गाउँ खण्डहर हुने अवस्था आउनेछ । यसले थप असन्तुलनको अवस्था सिर्जना गर्नेछ । राज्यको ठूलो हिस्सा ओगटेको गाउँ खण्डहर बन्दा त्यसले उत्पादन प्रणालीमै ठूलो असर गर्नेछ । हाम्रो जस्तो कृषि उत्पादनमा निर्भर देखिएको मुलुकको आर्थिक उत्पादनसम्बन्धमै ठूलो फेरबदल आउनेछ । त्यो फेरबदल सकारात्मक भने हुने छैन । देखिँदै गरेको भयभित चित्रलाई कसरी सन्तुलनमा ल्याउने चर्चा र बहस हुन आवश्यक छ । यहाँ केही त्यस्ता नीतिगत उपायबारे चर्चा गरिएको छ ।

अहिले देखिएको समस्याको अवस्था सुरुवाती हो । यसलाई व्यवस्थापन गर्न नसकिए समस्या थप विकराल हुनेछ । माथि उल्लेख गरिए जस्तै शहरमा जनसंख्याको अत्याधिक चाप हुने र गाउँ खण्डहर हुने अवस्था आउनेछ । यसले थप असन्तुलनको अवस्था सिर्जना गर्नेछ ।

क) सिमित स्रोत साधनले ग्रामीण विकासभन्दा ग्रामीण सहरीकरण गर्न सस्तो र सहज हुन्छ । सहर रोज्नेलाई गाउँमै रोक्न यो नीति ल्याउनु आवश्यक छ । केन्द्रिय तथा स्थानीय सरकारहरुले उपयुक्त क्षेत्र छनौट गरि बस्ती विकास गर्नुपर्छ । ग्रामीण सहरीकरणका लागि उत्प्रेरित गर्नुपर्छ ।

ख) गाउँमा रोजगारीका व्यापक अवसर सिर्जना गर्नुपर्छ । कृषिमा व्यापक रुपान्तरण गर्नुपर्छ । गाउँमै औद्योगिक वातावरण तयार गर्ने नीति लिनुपर्छ ।

ग) छरेर गरिने लगानी एकत्रित गर्न सकेमा तिब्र विकास हुन्छ । जनताको जीवनस्तर गुणस्तरीय हुन्छ । जनताले खोजेको पनि गुणस्तरीय जीवन हो ।

घ) स्थानीयको जग्गा जमिनलाई वन जंगलको जमिनसँग साटफेर गर्ने नीति बनाउनु पर्छ । उत्पादनको आधारमा जमिनको वर्गीकरण गरिनुपर्छ ।

ङ) केही घरमा विकासका पूर्वाधार पुर्‍याउनुभन्दा बस्ती स्थानान्तरण सस्तो पर्न जान्छ । त्यो खालको नीति बनाउनु बनाउनु अहिलेको आवश्यकता हो ।

च) ठूला सहरमा थप अव्यवस्थापन बढ्दै गएमा सहरलाई महँगो बनाई मानिसहरुलाई गाउँ फर्कन बाध्य पार्नपर्छ । यसले ग्रामीण विकास र ग्रामीण सहरीकरणलाई टेवा पु¥याउँछ । ठीक व्यवस्थापन गर्न नसकिएमा चीनको असफल सांस्कृतिक क्रान्ति जस्तै हुन सक्ने सम्भावना हुन्छ ।

वास्तवमा, जनसंख्याको यो असन्तुलन मिलाउन र सन्तुलित विकास गर्नका लागि सबै तहका सरकारले ग्रामीण सहरीकरणमा नै विशेष जोड दिनु राम्रो हुन्छ । आजको आवश्यकता पनि यही हो । राम्रो शिक्षा, स्वास्थ्य र रोजगार आफ्नै गाउँ बस्तिमा पाउने हो भने मानिस भौँतारिएर सहर पस्दैन । विदेश जाँदैन । आफ्नै गाउँ बस्ती प्यारो हुन्छ । त्यही रमाउन सक्छ ।

वि.सं.२०७९ भदौ ८ बुधवार १०:३१ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...