back
CTIZAN AD

खप्तड लघुवित्तको आईपिओ बिक्रि खुला

वि.सं.२०७९ भदौ ८ बुधवार

867 

shares

काठमाडौं । खप्तड लघुवित्त वित्तीय कम्पनीले आज भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याईएको छ भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १३ सय २० कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति पाएको हो । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

वि.सं.२०७९ भदौ ८ बुधवार ११:०७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...