Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

राजनीतिक नेतृत्व र समृद्धिको आशा



२०४६ साल पछिको समयलाई मात्र हिसाब गर्ने हो भने पनि विकासले फड्को मार्नु पर्ने हो; मारेन । पञ्चायत व्यवस्थाले गरेन वा राणा कालमा केही भएन भनेर भन्नु र सिकाउनु बेकार भयो । यही ३२/३३ वर्षको अवधिमा मलेसिया, थाइल्यान्ड, चीन, ताइवान, भियतनाम, कतार, युएई आदिले विकासमा चमत्कार गरे । लि क्वान एक्लैले यही समयमा सिंगापुरलाई दुनियाँको आकर्षणको केन्द्र बनाए । विकासका लागि व्यवस्थाभन्दा नियत, संस्कार र कार्य प्रणाली महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रमाणित भयो ।

नेपालको समकालीन राजनीतिक नेतृत्व, उनीहरुको कार्य प्रणालीबाट नत राजनीति सुधार हुने देखियो नत विकास हुने । वास्तवमा समयले धरै नेता र नेतृत्वलाई म्याद सकिएको औषधिको रूपमा प्रमाणित गरेको छ । देउवादेखि प्रचण्ड र ओलीसम्म सबै म्याद सकिएका औषधि हुन् । पटक–पटक परीक्षण गरिएका र प्रधानमन्त्रीसमेत भइसकेका यी पात्रहरूबाट केही हुन्छ भनि सोंच्नु भ्रम मात्र हो । अब उनीहरुको कुनै जादु चल्दैन । चलाउने क्षमता पनि छैन । त्यो भुत्ते भइसकेको छ ।

यो समकालीन नेतृत्व, केवल राजनीतिक परिवर्तन र आन्दोलनका लागि मात्र उपयुक्त रहेछ । विकास र समृद्धिका लागि होइन । लाखौं नवजवानहरु देशमा भविष्य नदेखेर विदेशिएका छन् । किन ? कारण प्रष्ट छ; अविकास । कुशासन अनि भ्रष्टाचार । जनताहरु गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य र रोजगारी चाहान्छन् । सेवा र सुबिधा चाहान्छन् । अबको खोजी गुणस्तरीय जीवनको हो । मानिसहरु गरिबी र अभावबाट मुक्ति चाहान्छन् ।

नेपालको समकालीन राजनीतिक नेतृत्व, उनीहरुको कार्य प्रणालीबाट नत राजनीति सुधार हुने देखियो नत विकास हुने । वास्तवमा समयले धरै नेता र नेतृत्वलाई म्याद सकिएको औषधिको रूपमा प्रमाणित गरेको छ । देउवादेखि प्रचण्ड र ओलीसम्म सबै म्याद सकिएका औषधि हुन् । पटक–पटक परीक्षण गरिएका र प्रधानमन्त्रीसमेत भइसकेका यी पात्रहरूबाट केही हुन्छ भनि सोंच्नु भ्रम मात्र हो ।

खोक्रो राजनीति र वाद अब पत्रु बनिसके । नेपालको समकालीन राजनीतिक नेतृत्वलाई उपलब्धि देखाउने पर्याप्त समय थियो, यो ३२÷३३ वर्ष ! यो अवधिमा देश र राजनीति उहाँहरुकै वरिपरि घुमि रह्यो । तिव्र परिवर्तन निराशामा परिणत भयो । यसर्थ; नेपालका समकालीन नेता, नेतृत्व र कार्य प्रणाली असफल भयो भन्न कठिन हँुदैन । यो कार्य प्रणालीबाट आशा गर्न सकिन्न । गर्नु हुँदैन पनि । वर्तमान नेतृत्वले राजनीतिलाई सङ्लो हुन र अरुलाई केही गर्न दिँदैन । सक्दो छिटो यो समकालीन नेतृत्वलाई बिदाई गरी दृष्टिकोणसहितकोे नयाँ नेतृत्व चयन अबको कार्यभार हो ।

गिरिजाप्रसाद कोइराला वा प्रचण्ड वा ओलीलाई मुलुकको नायक बन्ने अवसर थियो । उहाँहरु नायक हुन सक्नु भएन । परिवार र गुटको नेता मात्रै बन्नु भयो । स्वार्थी नेता बन्नु भयो । उहाँहरुले राजनीतिलाई धमिल्याउनु भयो । स्वार्थ, अहंकार र परिवारवादबाट बाहिर निस्कन आँटै गर्नु भएन । औसत नेपाली नेताभन्दा फरक हुने आम मानिसको बुझाई गलत साबित भयो । यो नै समकालीन नेतृत्वको सबैभन्दा कमजोर पक्ष हो ।

राजनीति पार्टीका धेरै पसल खोल्नु, त्यसको नेता हुनुभन्दा संस्कार निर्माण, प्रणालीको व्यवस्थितिकरण र आत्मसमीक्षा अहिलेको आवश्यकता हो । सबै जना नेता हुने विकृतपूर्ण राजनीतिले समाजलाई अघि बढ्न दिएन । यो विकासको बाधक थियो । यो कुरा नेतृत्वले कहिल्यै बुझेन । बुझाउन खोजेन । त्यसैमा रमायो । राज्य बलियो बनाउन कहिल्यै लागेनन् । स्वार्थी तत्वको वरिपरि घेरिए । परिवार र गुटलाई बलियो बनाउन लागे । जसरी हुन्छ कमाउन र थुपार्न थाले ।

राजनीति पार्टीका धेरै पसल खोल्नु, त्यसको नेता हुनुभन्दा संस्कार निर्माण, प्रणालीको व्यवस्थितिकरण र आत्मसमीक्षा अहिलेको आवश्यकता हो । सबै जना नेता हुने विकृतपूर्ण राजनीतिले समाजलाई अघि बढ्न दिएन । यो विकासको बाधक थियो । यो कुरा नेतृत्वले कहिल्यै बुझेन । बुझाउन खोजेन । त्यसैमा रमायो । राज्य बलियो बनाउन कहिल्यै लागेनन् । स्वार्थी तत्वको वरिपरि घेरिए । परिवार र गुटलाई बलियो बनाउन लागे । जसरी हुन्छ कमाउन र थुपार्न थाले । वास्तवमा राजनीति सङ्लो भयो भने विकासका सबै आयाममा सकारात्मक परिवर्तन हुन्छ । गरिबी निवारण भई जनताको जीवनस्तर सुधार आउँछ । राजनीति नेतृत्वबाट अपेक्षा गरिएको पक्ष यही थियो । यही हो ।

एउटा बालुवायुक्त निर्जन टापू (सिंगापुर)लाई लिक्वानले मोतिमा परिणत गरे; नेपाली नेताहरुले त्यति नै समयमा दुनियाँकै सुन्दर देश नेपाललाई एउटा तन्नम मुलुकका रूपमा परिणत गराए । बधाई छ; समकालीन नेतृत्वलाई ! उसका अन्ध भक्त कार्यकर्तालाई ! अनि यो कार्य प्रणालीलाई !


-->

म्याग्दी। गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।

घोराही (दाङ)। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको