back
CTIZAN AD

गठबन्धन सरकार र चुनावी मतलाई साध्य नमान्न नारायणकाजीद्धारा कांग्रेसलाई आग्रह

वि.सं.२०७९ साउन ७ शनिवार

702 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले शुक्रबार प्रतिनिधिसभाबाट पारित नागरिता ऐन विधेयकप्रति असन्तुष्टि जनाएका छन् ।

नेता श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको निरन्तरको बलजफ्ती आफुहरुलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा कांग्रेसले समयमै बुझ्नुपर्ने समेत बताएका छन् ।

‘हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’ नेता श्रेष्ठले भनेका छन् ।

श्रेष्ठले नागरिकता ऐनको रुपमा अघि बढेपछि नेपाली नागरिक बाबु आमाका सन्तानहरुले संविधान अनुसार नागरिकताको प्रमाणपत्र प्राप्त गरी नागरिकता बिहीन हुनुको पिडाबाट मुक्ति पाउने बताउदै यसलाई सकारात्मक रुपमा लिइए पनि विधेयक पारित गर्दाको प्रक्रिया भने गलत रहेको बताएका छन् ।

‘तर यो बिधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैबाहिक अङ्गीकृत नागरिकताको हकमा जे ब्यबस्था गरियो ,त्यो दुबै कोणबाट गलत छ । नागरिकता बिधेयक प्रतिनिधिसभाले राज्य ब्यबस्था समितिमा पठाएको थियो । समितिले समिति भित्र र बाहिर पनि गंभीर एवं व्यापक बहस गर्यो,’ उनले भने, ‘त्यसमा सहमति हुन नसकेपछि बहुमतले वैवाहिक अङ्गीकृत नागरिकता महिलाको हकमा ७ बर्ष पछि दिने र तत्कालै सबै ब्यबहारिक काममा कुनै समस्या नपर्ने गरी परिचय पत्र दिने प्रावधान राख्यो ।’ नेता श्रेष्ठले भनेका छन् ।

उनले थप भनेका छन्
७ वर्षको प्रावधान नेपाली महिला छोरी, दिदि वहिनीहरुले बिदेशी पुरुषसंग विवाह गरेकोमा छिमेकी देशहरुले ७ बर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने गरेको ब्यबस्था समेतलाई ध्यान दिएर राखिएको थियो । नेपाली नागरिक महिलाले बिदेशी पुरुष सङ्ग विवाह गरेकोमा सम्बन्धित पुरुषलाई भने बैबाहिक अङीकृत नागरिकता दिने ब्यबस्था नै गरिएको छैन । यो अलग्गै बिषय हो ।

नागरिकता जस्तो संवेदनशील बिषय सकभर राष्ट्रिय सहमतिको आधारमा निर्णय होस् भन्ने मनसायले तत्काल प्रतिनिधिसभामा प्रक्रियामा लगिएको थिएन । यो ऐन निर्माणमा ढिला भएको कारणबाट छिटो प्रक्रिया अघि बढाउन पर्ने स्थिति नै थियो । त्यसका निम्ति सरकारले या त संसदभित्र सहमति कायम गरेर त्यसको आधारमा अघि बढाउनु पथ्र्यो या सम्बन्धित समितिले २ बर्ष लगाएर पठाएको प्रतिवेदन नै छलफल एवं निर्णय प्रक्रियामा लैजानु पर्दथ्यो ।

त्यसो नगरी सरकारले बहुमतको निर्णय सहित पठाईएको प्रतिवेदन तथा बिधेयकलाई फिर्ता लिएर अल्पमतको बिचार लागुगर्ने गरी कानुनी ब्यबस्था गर्न नयाँ बिधेयक अघि बढायो । अन्तर्वस्तुको कोणबाट अहिलेको प्रावधान उपयुक्त छैन भन्ने समितिको निष्कर्षको पक्षमा भएको राष्ट्रिय बहश त छदैछ, लोकतान्त्रिक एवं संसदीय मुल्य तथा परिपाटीको कोणबाट पनि यो कार्य नितान्त गलत छ । सत्तारुढ गठबन्धनको बैठकमा कानुनी ब्यबस्था अनुसार मिल्ने भएमा समितिमा मतभेद रहेको वैबाहिक अङ्गीकृत नागरिकता सम्बन्धी बिषयलाई तत्काल केही समयका लागि थाती राखी अहिले समस्याको रुपमा रहेको नेपाली नागरिक बाबु आमाको सन्तानले नागरिकता पाउने ब्यबस्थाको लागि बिधेयक अघि बढाउनु पथ्र्यो । अन्यथा समितिको प्रतिवेदनलाई नै प्रक्रियामा अघि बढाउनुको बिकल्प थिएन । कुनै समितिले बहुमतले पारित गरेको बिषय सरकारलाई मन परेन भने सरकारले उक्त बिधेयक संसदबाट फिर्ता लिएर अल्पमतमा रहेको आफ्नो बिचार अनुसारको बिधेयक अघि बढाउने प्रवृत्ति हावि भए लोकतन्त्र र संसदको बिधि कसरी कार्यान्वयन होला ? यो गम्भीर बिषय हो । तर तत्कालीन स्वार्थहरुले हामी लाई कति निरङ्कुश बनाउदै लगेको छ भन्ने सन्दर्भमा यो ज्वलन्त उदाहरण हो ।
मैले आफ्नो यो दृष्टिकोण राष्ट्रिय सभाको बैठकमा बोल्दा पहिले नै प्रस्तुत गरेको थिएं र सम्बन्धित सबैलाई अपील पनि गरेको थिएं । तर त्यसो हुन सकेन ।

हाम्रो पार्टी ले एमसिसि लाई राष्ट्रिय हित अनुरुप ठान्दैन,तर गठबन्धन सरकारको कारणले पार्टी भित्र मतभेदको बिचमा बाध्यात्मक रुपमा १२ बुँदे ब्याख्यात्मक घोषणा सहित अनुमोदन गर्यो । अहिले फेरि नागरिकताको बिषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको बिधेयकलाई पारित गर्ने निर्णय भयो । एसपिपिको बारेमा अस्विकारको पत्र सरकारले पठाएको छैन । के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त ?

नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति हामी लाई सधैं स्विकार्य हुन सक्दैन भन्ने कुरा समयमै ध्यान बुझोस् ।हाम्रो पार्टीले गठबन्धन ररकारको नाममा सबै राष्ट्रिय मुद्धाहरुमा संझौता हुन सक्तैन भनेर गम्भीरतापुर्बक सोच्नै पर्ने भएको छ। गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।’

वि.सं.२०७९ साउन ७ शनिवार १५:२३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...