back
CTIZAN AD

चिनियाँ राष्ट्रपति सी चिनफिङले कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने

वि.सं.२०७९ भदौ २७ सोमवार

756 

shares

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उनको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले सोमबार जानकारी दिएको छ ।

सीले उज्बेकिस्तानको समरकन्दमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को नेताहरूको शिखर सम्मेलनमा भाग लिन जान लागेको जनाइएको छ ।

बुधवारदेखि शुक्रबारसम्म कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरू कजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान मिलेर बनेको छ ।

यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने भएको छ । यसअघि चीनका राष्ट्रपति सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा जानु भएको थियो । उहाँ फर्केर केही दिनपछि पूरै वुहान सहरलाई कोरोना भाइरस प्रकोप छोपेको थियो ।
(रासस÷एएफपी)

वि.सं.२०७९ भदौ २७ सोमवार २०:१९ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...