back
CTIZAN AD

स्विडेनको संसदीय निर्वाचनमा विपक्षी गठवन्धनलाई अग्रता

वि.सं.२०७९ भदौ २७ सोमवार

729 

shares

स्टकहोम । स्विडेनमा भएको संसदीय निर्वाचनमा विपक्षी दलहरूको गठवन्धन ‘ब्ल्यु ब्लक’ले अग्रता लिएको छ ।

सोमबार विहानसम्मको विवरणअनुसार विपक्षी गठवन्धनले ४९.७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ । अहिलेसम्मको अवस्थाले विपक्षी दलहरूको गठवन्धन नै थोरै मतअन्तरले विजयी हुने देखिएको छ ।

‘ब्ल्यु ब्लक’को नामले चिनिने विपक्षी गठवन्धन अन्तर्गत मोडेरेट पार्टी, क्रिश्चियन डेमोक्रयाट्स, लिवरल पार्टी र स्विडेन डेमोक्रयाटस् पार्टी रहेका छन् ।

त्यसैगरी रेड ब्लकको नामले चिनिने सत्तारुढ गठवन्धनले भने ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस अन्तर्गत सोसल डेमोक्रेटिक पार्टी, लेफ्ट पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका छन् ।

यी मध्ये सबैभन्दा धेरै सोसल डेमोक्रेटिक पार्टीले मत ल्याएको छ भने दोस्रो धेरै स्विडेन डेमोक्रेट्स र तेस्रो धेरै मोडेरेट पार्टीले मत प्राप्त गरेका छन् । उनीहरूले क्रमशः ३०.५ प्रतिशत, २०.७ प्रतिशत र १९ प्रतिशत मत प्राप्त गरेको छन् ।

निर्वाचन आयोगले अहिलेसम्म ९२ प्रतिशत मत गणना भइसकेको जनाएको छ । अहिलेसम्म विपक्षी गठवन्धनले एक सय ७६ सिटमा र सत्तारुढ गठवन्धनले एक सय ७३ सिटमा जित हासिल गरेको छ । स्विडेनको संसदमा तीन सय ४९ जना सांसद रहने व्यवस्था छ । (रासस\सिन्ह्वा)

वि.सं.२०७९ भदौ २७ सोमवार २०:२० मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...