back
CTIZAN AD

ग्लोबल आइएमइ क्यापिटल र एनसीएचएलबीच सम्झौता

वि.सं.२०७९ भदौ २९ बुधवार

696 

shares

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचका लागि सम्झौता गरेको छ ।

सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल–आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ ।

एनपीएसको उक्त सम्झौता पश्चात जीआईसीएलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । जस मार्फत डिभिडेण्ड भुक्तानी, डीपीको शुल्क संकलन, ट्रेड तथा मिचुअल फण्ड सम्बन्धी भुक्तानी लगायत आफ्ना विभिन्न प्रकारका भुक्तानी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन् ।

वि.सं.२०७९ भदौ २९ बुधवार ०८:४७ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...