back
CTIZAN AD

गोल्फुटारमा खुल्यो रेमण्डको सातौं शोरुम

वि.सं.२०७९ भदौ २९ बुधवार

723 

shares

काठमाडौं । विश्वप्रसिद्ध सटिङ सुटिङ ब्राण्ड रेमण्डको नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सञ्चालनमा आएको छ ।

सोमवार भब्य कार्यक्रमका बीच पुुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले सो शोरुमको उद्घाटन गरेका छन् । नयाँ शोरुममा टेलरिङ सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरू उपलब्ध छन् ।

यस ब्राण्डका कपडाहरूमा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक बिशेषता युक्त गुणस्तरिय कपडाहरु रहेको शोरुमले जनाएको छ । यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमण्डका उत्पादनहरू अन्य ब्राण्डको उत्पादन भन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डले जनाएको छ ।

सटिङ सुटिङका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्टे«लियाबाट ल्याइन्छ साथै उल मार्क गुणस्तर चिन्ह प्राप्त छ । रेमण्डका अध्यक्ष संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउँछन् ।

त्यसैले उपभोक्ताहरूलाई उनी यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भई रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने उनले बताए । नेपालको पुतलीसडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो ।

गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेट सहित रेमण्डका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दरबारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् । साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदिमा रेमाण्ड ब्राण्डका शाखाहरू विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ २९ बुधवार ०८:५५ मा प्रकाशित

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...