back
CTIZAN AD

समाजवादी आन्दोलन मेरै नेतृत्वमा हुने भएपछि दक्षिणपंथीहरु अतालिएका छन्–प्रचण्ड

वि.सं.२०७९ भदौ २९ बुधवार

843 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताएका हुन् । ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ, त्यो आन्दोलनको रुपमा तयारी हुँदै गएको छ ।, तर दुर्भाग्य त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु, व्यक्तिवादी त्रसित हुँदै गएका छन् ।’

उनले पार्टी साँच्चै एकतावद्ध भएर जाने संकल्प गर्दै क्रान्तिकारी चरित्र लिएर अघि बढ्ने बताए । ‘समाजवादी आन्दोलनको नेतृत्व प्रचण्डकै हुने भएपछि दक्षिणपंथीहरु अतालिएका छन् ।’ उनले भने । माओवादी केन्द्रको नेतृत्व स्थापित हुने भयो भनेपछि ठूलो षडयन्त्र सुरु भएको प्रचण्डको भनाई छ ।

‘म त्यो स्मरण गर्न चाहन्छु । म सबैलाई ति कुरातिर ध्याँन दिन आग्रह गर्न चाहन्छु । र पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन, त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षडयन्त्रको रुप दिइयो । र त्यो षडयन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूल–ठूला सेटिङहरु भए ।’ प्रचण्डले भने ।

प्रचण्डले बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने संवैधानिक अंगहरुसँग सेटिङ भएको देखापरेको बताए । उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा, त्यो तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुद्धृटहुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो । तर, दक्षिणपंथीहरुको डिजाइनमा विभाजन भयो । त्यो कम्युनिस्ट आन्दोलनको ठूलो क्षति थियो ।’

उनले भने, ‘आज यो मञ्चबाट मन नेकपा एमालेका ति हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ति हजारौं कार्यकर्ता म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ ।

एमाले पृष्टभूमिका नेता –कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने वित्तिकै सबै खतम छन् भनेर नसोच्न त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् ।’

 

वि.सं.२०७९ भदौ २९ बुधवार १२:४८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...