back
CTIZAN AD

ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने

वि.सं.२०७९ भदौ ३० बिहीवार

654 

shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको र दक्षिण कोरिया सरकारको स्वीकृतिका लागि पर्खिरहेको बताएको छ ।

बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीहरुलाई आग्रह समेत गरेको छ । ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा गरेको अन्तक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष बैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् । कोरियामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् ।

‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ, बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव छ, अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईंहरुले सहजीकरण गर्नुपर्यो,’ उनले भने । द्रूत आर्थिक विकास र समृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको उनको भनाइ छ । मन्त्री शर्माले कोरियामा शाखा स्थापनाको प्रक्रिया अघि बढाएकोमा खुशी व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर–आवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे ।

‘यहाँका गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपाली संघलाई पनि अनुरोध गर्छु, तपाई हामी हातेमालो गरेर अगाडि बढाँै, मुलुकको समृद्धि सम्भव छ, नेपालमा प्रविधि र लगानी भित्र्याउन सहयोग गर्नुहोस्’, उनले भने । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया शुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्वीकृतिका लागि पर्खिरहेको उनले बताए । नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सैद्धान्तिक स्विकृति लिइसकेको उनको भनाइ छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार ०८:३८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...