back
CTIZAN AD

रिलायन्स लाईफ इन्स्योरेन्सले ५ हजार प्रिमियममा छोरीको बीमा गर्ने

वि.सं.२०७९ भदौ ३० बिहीवार

705 

shares

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जानकी गाउँपालिका बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने भएको छ ।

इन्स्योरेन्सले उक्त गाउँपालिकामा २०७९ साउन १ गतेपछि जन्मिएका सबै छोरीको बीमा गर्ने भएको हो । इन्स्योरेन्सले ‘मेरो मुटु बाल जीवन बीमा’ योजना अन्तर्गत उक्त बीमा गरिदिने भएको हो । २० वर्ष अवधिको यो योजना अन्तर्गत वार्षिक ५ हजार रुपैयाँ मात्रै बीमाशुल्क (प्रिमियम) तिर्नुपर्ने छ ।

उक्त बीमा सम्बन्धी सम्झौता भदौ २८ गते सम्पन्न भएको हो । इन्स्योरेन्सले आगामी दिनमा समेत नेपालको कुनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर यस्ता योजनाहरू ल्याउने कम्पनीका क्षेत्रीय प्रबन्धक दिपककुमार ओलीले बताए ।

बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपककुमार ओलिले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ भदौ ३० बिहीवार ०८:३४ मा प्रकाशित

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...