back
CTIZAN AD

कामना सेवा विकास बैंकद्धारा १८ संस्थालाई सहयोग

वि.सं.२०७९ भदौ ३० बिहीवार

915 

shares

काठमाडौं । कामना सेवा विकास बैंकले बाल दिवसको अवसरमा १८ वटा संस्थालाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न बालआश्रम, सामुदायिक विद्यालयहरुमा स्प्रेडिङ्ग स्माइलस भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु सहयोग गरेको हो ।

बैंकले प्रदेश १ बाट हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र सर्लाही चिल्ड्रेन सेन्टर, काठमाडौंबाट नन्दी माध्यमिक विद्यालय, पोखराबाट रेन्बो चिल्ड्रेन होम र जलजला बाल आश्रमलाई आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु सहयोग गरेको जनाएको छ ।

त्यसैगरी, बैंकले बुटवलबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय, बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र राइज अप ओर्फयान चिल्ड्रेन होम, पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टरमा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरेको जनाएको छ ।

बैंकले यस प्रकारका सहयोगलाई आगामी दिनहरुमासमेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १३:३३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...