back
CTIZAN AD

सर्वोच्च फर्कन लागेका चोलेन्द्रलाई रोक्न सरकारले खटायो प्रहरी

वि.सं.२०७९ असोज २ आइतवार

783 

shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । सर्वोच्च छिर्ने तयारी गरिरहेका बखत सरकारले उनको निवासदेखि अदालतसम्मै सुरक्षाकर्मी खटाएको हो । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

आफू सर्वोच्च अदालत फर्किरहेकोले आवश्यक तयारी गर्न सर्वोच्च प्रशासनलाई जबराले शनिबार साँझ फोन गरेर निर्देशन दिएका थिए । जबराले आइतबार बिहान कार्यालय आउने खबर दिँदै सर्वोच्च प्रशासनलाई तयारीका लागि प्रबन्ध मिलाउन भनेका थिए ।

महाभियोग सिफारिस समितिले शनिबार राणाको बयान लिएर प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो। प्रतिनिधिसभाको कार्यकाल पनि शनिबार रातिदेखि नै सकिएको छ ।

कार्यकाल सकिएकोले संसद्‌मा पुगेका सबै प्रस्ताव निष्क्रिय हुने व्यवस्था बमोजिम महाभियोग पनि निष्क्रिय हुने राणा पक्षधरको जिकिर छ ।

वि.सं.२०७९ असोज २ आइतवार ११:४३ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...