back
CTIZAN AD

निर्वाचनलाई अपाङ्गमैत्री मनाउन माग

वि.सं.२०७९ असोज २ आइतवार

924 

shares

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन् ।

सङ्घका जिल्लासचिब किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपाङ्गता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउनका लागि पहल गर्न दलहरुको ध्यानाकर्षण गराइएको उनले बताए ।

समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरुको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने, मतदान गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई सहज बातावरण वनाइनुपर्नेलगायत माग ज्ञापनपत्र उल्लेख गरिएको छ ।

सङ्घकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीका रुपमा कम्तिमा एक अपाङ्गता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरुलाई सुझाव दिइएको बताइन् । ज्ञापनपत्र बुझ्दै दलका नेताहरुले आगामी निर्वाचन अपाङ्गमैत्री बनाउन राजनैतिक दलहरुले प्रतिबद्धता जनाएका उनको भनाइ थियो ।

नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेलले एमालेले यसअघि पनि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको र आगामी दिनमा पनि पहल गर्ने बताए । नेपाली कांग्रेसका जिल्लासचिव सूर्य अर्यालले आफ्नो दल लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्गमैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्धता जनाए । अपाङ्गका समस्या समाधान गर्न दलहरुमार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीहरुको भनाइ थियो ।रासस

वि.सं.२०७९ असोज २ आइतवार ११:५३ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...