back
CTIZAN AD

एनआरएनए युकेले भन्यो–अध्यक्ष गाहा मगरलाई पदमुक्त गरिएको केन्द्रको पत्र अवैधानिक

वि.सं.२०७९ असोज २ आइतवार

648 

shares

ओम काउचा थापा, बेलायत । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरलाई केन्द्रले पदमुक्त गर्दै पठाएको पत्र अवैद्यानिक ठहर गरेको छ ।

एनआरएनए यूकेको पछिल्लो विकसित घट्नाक्रमबारे छलफल गर्न गत बिहीबार बसेको एनसीसी युकेको आपतकालिन अनलाईन भेलाले आइसीसीले यूके राष्ट्रिय समन्वय परिषद अध्यक्ष प्रेम गाहामगरलाई विभिन्न आधारहीन आरोपसहित पदमुक्त गरिएको भन्दै १३ सेप्टेम्बरमा पठाएको पत्र अवैधानिक भएको ठहर गरेको हो ।

सोहि भेलाले आइसीसी आफैं अवैधानिक र अध्यक्ष कुल आचार्य म्यादी अध्यक्ष भएको आरोप लगाउदै आर्चायको निर्देशनमा भएको निर्णय मान्न जननिर्वाचित एनआरएनए यूके अध्यक्षलाई वाध्यता नभएको भन्ने निष्कर्ष समेत निकालेको छ ।

‘अन्य देशको एनआरएनए भन्दा बेलायतको एनआरएनए भिन्नै भएको र यो ब्रिटिश च्यारिटी कमिशनमा रहेको हुँदा हामी आइसीसीमा आवद्धता रहन आवश्यक नभएको यस भेलाले ठहर गर्दछ ।’ भेलाद्धारा गरिएका निर्णयमा भनिएको छ ।

त्यसैगरी सो भेलाले अध्यक्षसहित वहुमत सदस्यहरुको सहमति बिना च्यारिटी संस्था एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड एनआरएनए आइसीसीमा पठाइनु गैरकानूनी भएको ठहर गर्दै सो कार्यमा संलग्न सबैजनालाई कानूनी दायरामा ल्याउन अदालत खर्चका लागि बेलायतस्थित समुदायबाट क्राउड फण्डिंग संकलन गर्ने निर्णय समेत गरेको छ ।

‘बेलायतस्थित नेपाली समुदायको एकता, आपसी सद्भाव र सहिष्णुता खलल गर्ने एवं एनआरएनए यूके विभाजनतर्फ लैजान प्रमुख भूमिका खेल्ने सबैजनालाई सामाजिक वहिष्कार गर्न यो भेला समस्त संघसंस्था र नेपालीसमक्ष अपिल गर्दछ ।’ उक्त निर्णयमा भनिएको छ ।
त्यस्तै भेलाले सन् १८१६ को सुगौली सन्धी र सन् १९४७ मा भएको त्रिपक्षीय सन्धी अनुसार नेपाल सरकारले बेलायत पठाएका गोर्खाजहरुको वंशजको नागरिकता मुद्दा ओझेल पारेर परिचयपत्रमा सिमित 
गराउन आइसीसी अध्यक्ष कुल आचार्य उद्यत भएको आरोप लगाउँदै निन्दा समेत गरेको छ ।

‘एनआरएनए यूके अध्यक्ष, संस्था र अन्य पदाधिकारीहरुको चरित्र हत्या, मानहानी र भ्रामक समाचारहरु सम्प्रेषण गर्ने मामिलाडटकम र सिलौटी टाइम्सलाई वहिष्कार गर्ने र ति प्रकाशन बन्द गराउन नेपालमा सम्बन्धित निकायहरुसमक्ष उजुरी गर्नका लागि सबैमा पहलको अपिल गर्दछ ।’ निर्णयको अन्तिम बुँदामा भनिएको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १३:४४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...