काठमाडौं । पोखरा महानगरपालिकाले महानगरका विभिन्न स्थानमा निर्माण व्यवसायीले सेवा प्रदान गर्दा वैद्य संरचना यकिन गरेर मात्र सेवा दिन आग्रह गरेको छ ।
महानगरका सहायक प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र जंग केसीद्धारा आइतबार जारी सूचनामा निर्माण व्यवसायीहरुले महानगरभित्रका विभिन्न स्थानमा सेवा दिने क्रममा निर्माण गर्न लागिएको संरचना वैद्य तथा मापदण्ड विपरत हो, हैन यकिन गरेर मात्र सेवा दिन अनुरोध गरिएको छ ।
‘अन्यथा अनधिकृत रुपमा मापदण्ड बिपरितको संरचना निर्माणमा सहभागी भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका सामग्रीहरु कानुन बमोजिम नियन्त्रणमा लिइने जानकारी गराइन्छ ।’ महानगरद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १५:०९ मा प्रकाशित






























