back
CTIZAN AD

बालेनको टुकुचा अभियानको प्रभाव : भवन उद्घाटन गर्न पाएनन् ईश्वर पोखरेलले

वि.सं.२०७९ असोज २ आइतवार

1.5K 

shares

काठमाडौं । हौसिएर भवन उद्घाटन गर्न पुगेका नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रिक्तो हात फर्किएका छन् । काठमाडौं महानगरपालीका वडा नं. ४ टुडालदेवी स्थित नवनिर्मित सामुदायीक भवनको उद्घाटन गर्न पुगेका पोखरेल स्थानीयले रोकेपछि भवन उद्घाटन नगरी खाली हातै फर्किएका हुन् ।

बागमती प्रदेश सरकारको सहयोगमा निर्मित सो सामुदायिक भवनले टुकुचाको जमिनसँगै सडकसमेत अतिक्रमण गरेको भन्दै बालेनका स्थानीय समर्थकहरुले आपत्ति जनाएपछि भवन उद्घाटन रोकिएको थियो ।

माननीय ईश्वर पोखरेललाई प्रमुख अतिथि, प्रदेश सांसद नारायण सिलवाल र काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोललाई बिशेष अतिथि तथा पूर्व आइजीपी अचुत कृष्ण खरेल, पूर्व सचिव मधुसुदन ढकाल, वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापति लगायतलाई अतिथि भनिएको सो कार्यक्रमको आयोजना काठमाडौं महानगरको वडा न ४ ले गरेको थियो । लिच्छवीकालीन टुडालदेवी मन्दिर परीसर र उद्धान्नको पुननिर्माण तथा सामुदायिक भवनको समुदघाटन भन्दै व्यापक रुपमा कार्ड बाडीएको थियो ।

सो कार्यक्रम अगावै नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेस सांसद सीता अधिकारीले विवादास्पद काम नगर्न नेता पोखरेललाई अनुरोध गरेकी थिइन । व्यापक बिरोध भएपछि व्यानर नै परीवर्तन गरीएको थियो । त्यसपछि उनले भवनको उदघाटन नगरी वडा अध्यक्षलाई ह्याप्पी बर्थ डे भन्दै मन्दीरमा पुजा गरेका थिए भने उध्यान्नको पुनर्निर्माण गरीएको बताईएको थियो । कार्यक्रममा उपमेयर सुनिता डंगोल भने उपस्थित थिइनन् । यस बिषयमा आयोजक वडा अध्यक्ष दिनेश महर्जनले मापदण्डमा केहि नपुगेको कुरा स्विकार्दै आगामी निर्वाचन लगतै बिधिवत उदघाटन हुने प्रतिक्रिया दिएका छन ।

यस्तो छ निमन्त्रणाको कार्ड

No description available.

टुडालदेवीमा सडकसमेत अतिक्रमित

लिच्छवीकालीन ईतिहांस बोकेको टुडालदेवी मन्दीर वरपर टुकुचा मात्रै अतिक्रमित छैन, सडक समेत सांघुरो बनाईएको छ । काठमाडौं उपत्याका बिकास प्राधिकरणका अनुसार पवित्र बर्कशपदेखि चण्डोलसम्मको बैष्णवी मार्ग ११ मिटर मापदण्ड भएपनि टुडालदेवी मन्दीर वरपर ८ मिटर पनि पुगेको छैन । मन्दिर र उद्यानको गरिमा बढेसँगै सडक ठुलो बनाईनु पर्नेमा केही नेता र प्रशासकको मिलेमतोमा सडक निकै साघुरो रहेको छ । मन्दीरतर्फ केहि र व्यक्तितर्फ केहि जग्गा मिचीएकाले सडक जोखीममा रहेको छ ।


टुकुचा अभियान अघि बढदै

काठमाडौं महानगरपालीकाले यतिबेला टुकुचा अभियान अघि बढाइरहेको छ । काठमाडौंको बाँसबारी, महाराजगन्ज, पञ्चकन्या, टुडालदेवी, चीनीया दूतावास, नील सरस्वतिस्थान लाजिम्पाट, गैरीधारा, नारायणहिटी, जयनेपाल हल, शंकरदेव र थापाथली हुँदै बागमतीमा मिसिने टुकुचा (इच्छुमती) खोलाको एक सय २४ रोपनी जमिन अतिक्रमण भएको महानगरपालीकाले बताएको छ । खोला मिचेर ६ तलेसम्मका भवन ठड्याएर व्यक्ति, सरकार र सार्वजनिक संघसंस्थाले व्यापारिक प्रयोजनमा लगाएकाबारे छानवीन गरीसकेको काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान अघि बढाएको हो । महानगरका अनुसार टुकुचासँग जोडिएका पाँच सय ८१ कित्ताले अतिक्रमण गरेका छन । सो अभियानअन्तर्गत महानगरले हात्तीसारस्थित लक्ष्मीबैक अगाडी समेत भत्काईसकेको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १५:२५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...