काठमाडौं । नेपाल बैंकले सीमित अवधिको लागि छिटो पैसा डबल हुने डबल धमाका मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले संंचालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरुमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि घटाएको हो ।
बैंकका अनुसार नेपाल बैंक मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने छ । यसमा न्युनतम पच्चीस हजारभन्दा माथिको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
त्यसैगरी यो योजनामा बैंकले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने छ । संघ संस्थाहरुको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत संचालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम ७ वर्ष २ महिनामा नै दोब्बर हुनेछ । यसमा संस्थाहरुले रु १ लाख भन्दा माथिको रकमको रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले विदेशमा कार्यरत नेपालीहरुको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिट्यान्स संचालनमा ल्याएको छ । बैंकका अनुसार अबदेखि यो खातामा वदिेशबाट प्राप्त रेमिट्यान्सको रकम जम्मा गर्दा मात्र ५ वर्ष ५ महिना नै सो रकम दोब्बर हुनेछ । यसमा न्यूनतम २५ हजारभन्दा माथिको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७९ असोज २ आइतवार १५:४१ मा प्रकाशित





























