काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमित हुँदा १६१ जना निको भएका हुन् ।
पछिल्लो २४ घण्टामा गरिएको २ हजार ८८२ नमुना परीक्षणमा ५९ जना संक्रमित थपिएका हुन् । आज थपिएका ५९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार २४१ पुगेको छ । साथै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार ३९५ पुगेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८३० रहेको छ । ती मध्ये होम आइसोलेशनमा १७६६, संस्थागत आइसोलेशनमा ६४, आइसीयुमा १८ जना रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।
वि.सं.२०७९ असोज २ आइतवार १७:०५ मा प्रकाशित






























