काठमाडौं । हिमालयन बैंकले क्यास डिपोजिट मेसिन(सीडिएम) संचालनमा ल्याएको छ । बैंकले गत भाद्र २७ देखि न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको हो ।
बैंकका अनुसार यस क्यास डिपोजिट मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ । बैंकले मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने जनाएको छ ।
यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि-पछि पनि थप सुविधा मिल्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७९ असोज २ आइतवार १७:२१ मा प्रकाशित





























