back
CTIZAN AD

ताइवानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प (भिडियाेसहित)

वि.सं.२०७९ असोज २ आइतवार

771 

shares

काठमाडौं । ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारीअनुसार ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जानकारी अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजेर ४४ मिनेटमा सहरबाट ५० किलोमिटर उत्तरमा भूकम्पको धक्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु १० किलोमिटर तल थियो ।

भूकम्पको धक्कापछि एक भिडियो पनि सार्वजनिक भएको छ, जसमा मानिसहरु आफ्नो ज्यान बचाउन भवनबाट बाहिर निस्किरहेको देखिन्छ । भूकम्पबाट के–कति क्षति भएको छ भन्ने स्पष्ट नभएपछि सञ्चारमाध्यमले ठूलो क्षतिको अनुमान गरेका छन् ।

भिडियाेमा ताइवानकाे भूकम्प

धेरै ठाउँमा भूकम्पको तीव्रता सातभन्दा माथि

तर, केही रिपोर्टले ताइवानको युजिङबाट ८५ किलोमिटर टाढा ७.२ रेक्टर स्केलको भूकम्प गएको पनि बताएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । यसको केन्द्र जमिनबाट १० किलोमिटर टाढा थियो।

जापानमा सुनामीको चेतावनी

जापानको मौसम विभागले सुनामीको चेतावनी जारी गरेको छ । यहाँ नागरिकहरूलाई अँध्यारो हुनुअघि क्युसुको दक्षिणी टापु खाली गर्न भनिएको छ। आइतबार यहाँ ठूलो हावाहुरी आउने सम्भावना छ । जसका कारण २० इन्चसम्म पानी पर्न सक्छ । ताइवानसँग सम्बन्धित टापुमा सुनामीको खतरा रहेको बताइएको छ ।

वि.सं.२०७९ असोज २ आइतवार १७:०० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...