काठमाडौं ।भाेली असोज ३ गते मनाइने संविधान दिवस२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर ल्याएको छ । जसअन्तर्गत टेलिकमले आफ्ना ग्राहकहरुलाई ९८ रुपैयाँमा ६ जीबी डेटा प्याक उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने छ । साथै, अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।
त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु.४९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु.२९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ११ ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा गरेको छ ।
वि.सं.२०७९ असोज २ आइतवार १६:५३ मा प्रकाशित






























