काठमाडौं । स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुको मूल्य घटाएको छ ।
दशैं, तिहार तथा छठको शुभ अवसर पारेर छुट अफर ल्याइएको कम्पनीले जनाएको छ ।
यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालीहरुको महान चाड दशैंको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट १२ सिरिजमा ३००० सम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर असोज २ गते देखि १७ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ असोज ३ सोमवार ०८:३२ मा प्रकाशित






























