काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ ।
निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकेपछि आइतबार बसेको एमाले सचिवालयको बैठकले समानुपातिकतर्फको उम्मेदवारको सूची पारित गरेको हो ।
एमालेका प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पार्टीका सातवटै प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, २२ वटा जनसंगठनहरुले सिफारिस गरेका नामावलीमाथि छलफल गरी प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जनाको नाम छनौट गरिएको हो ।
सो पार्टीले प्रतिनिधिसभातर्फका लागि आदिवासी जनजातिबाट ३२ जना (१६ पुरुष, १६ महिला), खसआर्य ३४ जना (१७ पुरुष १७ महिला), थारु समुदायबाट ७ जना (३ पुरुष ४ महिला), दलित समुदायबाट १५ जना (७ पुरुष ८ महिला), मधेसी समुदायबाट १७ जना (८ पुरुष ९ महिला), मुस्लिम समुदायबाट ५ जना (२ पुरुष, ३ महिला), पिछडिएको क्षेत्रबाट समेत ५ जना गरी जम्मा ११० जना (५३ पुरुष र ५७ महिला छनोट गरेको सूचीमा उल्लेख छ ।
यस्तो छ अन्य सूची

वि.सं.२०७९ असोज ३ सोमवार १३:२५ मा प्रकाशित






























