काठमाडौं । राष्ट्रपति कार्यालयका विषयमा विभिन्न भ्रामक समाचार संप्रेषण भएको भन्दै राष्ट्रपति कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रपति कार्यालयले सोमबार एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालयबाट भए गरेका कामकारबाही नियमित रुपमा प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको बताउँदै राष्ट्रपतिलाई जोडेर भ्रामक समाचार प्रकाशन भएको जनाएको हो ।
‘यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसीमका भ्राम समाचार प्रकाशन भईरहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसँग बुझी यर्थाथ समाचार प्रकाशन र प्रशारण गरिदिनुहुन अनुरोध छ ।’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ असोज ३ सोमवार १६:१७ मा प्रकाशित






























